
बागलुङ ।महिला हित बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संस्थामा आवद्व हुनु भएका नयाँ शेयर सदस्यलाई सहकारी शिक्षा तालिम दिएको छ । तालिममा ९० जना महिलाहरुको सहभागिता रहेको थियो ।
आर्थिक तथा व्यावसायिक रूपमा सक्षम बन्नको बचतको महत्त्व भन्ने मुल नाराका साथ सहकारी शिक्षा तालिमको उद्घाटन जेष्ठ शेयर सदस्य पोट कुमारी जिसीले गर्नु भएको थियो । उद्घाटनका क्रममा बोल्दै जिसीले आफु यस संस्थामा स्थापना कालदेखिनै आवद्व भएकोले महिलाहरूको क्षेत्रमा र सामाजिक कृयाकलापमा महिला हित सहकारीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
महिला हित सहकारीको अध्यक्ष लिलादेबी खड्काले शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता र महत्व बारे प्रकाश पार्र्नु भएको थियो । सहकारी भनेको के हो, बचत भनेको के हो, बचत किन आवश्यक छ, शेयर भनेको के हो र महिला हित साकोसको परिचय साथै हालसम्मका संस्थाले गर्दै आइरहेका सम्पुर्ण गतिविधिहरूको बारेमा अध्यक्ष लिला देवी खड्काले जानकारी दिएकी थिइन ।
संस्थाका सल्लाहकार एंव वडा अध्यक्ष श्री लक्ष्मी बास्कोटाले महिलाको आर्थिक तथा व्यावसायिक रूपमा कसरी सबल र सक्षम बन्न सकिन्छ साथै महिलाहरूको हक अधिकार संरक्षणको लागि बनेको एेन, नियम, कानुनको बारेमा जानकारी गराएकी थिइन । कार्र्यक्रममा सल्लाहकार खडक कुमारी खड्का मन्तव्य व्यक्त गरेकी थिइन ।
कार्यक्रम महिला हित सहकारीको अध्यक्ष लिलादेबी खड्काको अध्यक्षता ,शिक्षा उप समितिका सदस्य राधा कुमारी शर्माको स्वागत र शिक्षा उप समितिका संयोजक मोहनमाया श्रेष्ठ केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।