२९ असार २०८२, आईतवार

 

कालिका भगवती मन्दिरलाई फर्निचर सहयोग

बागलुङको कालिका भगवती मन्दिरलाई काठमाडौं निवासी रामकुमार राजभण्डारी एंव श्रीमती विजया राजभण्डारी र किस्मत जंग राजभण्डारी एंव श्रीमती मन्जु राजभण्डारीले मन्दिरमा आउने भक्तजनलाई बस्न सहज होस् भनेर बागलुङ भगवती गुठीका अध्यक्ष राजु खड्कालाई कुर्ची प्रदान गर्नु भएको छ ।

२३ हजार मुल्य बराबरको स्टिलको कुर्ची मन्दिरमा आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर कालिका भगवती मन्दिरलाई प्रदान गरेको विजया राजभण्डारी र मन्जु राजभण्डारीले नयाँ विश्वलाई बताउँनुभयो ।

हामीले बागलुडमा कुल पुजामा आउँदा मन्दिरलाई केहि सहयोग गरौं भन्ने सोचिरहेका थियौं । मन्दिरका अध्यक्ष राजु खड्कासँग सल्लाह गरेर मन्दिरलाई कुर्ची आवश्यकता भएको थाहा पाएपछि स्टिलको कुर्ची प्रदान गरेको किस्मत जंग राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung