३० बैशाख २०८२, मंगलवार

 

प्रभु बैंकको नाफा दोब्बर

प्रभु बैंकले खुद नाफामा फड्को मारेको छ । बैंकले गत आर्थिक वर्ष २ अर्ब ३ करोड ८९ लाख नाफा कमाएको छ । यो गत वर्षको तुलनामा शतप्रतिशतभन्दा बढी हो । गत आर्थिक वर्ष बैंकले ९६ करोड ७० लाख नाफा कमाएको थियो ।

बैंकले बिहीबार आर्थिक वर्ष २०७५र७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उच्च सुधार भएको जनाएको हो ।
बैंकले ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्‍याएको छ । साथै ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्‍याएको छ। बैंकले प्रतिसेयर आम्दानी पनि दोब्बरले बढाएको छ । अघिल्लो वर्ष एक कित्ता सेयरले १२.५८ रुपैयाँ कमाइ गरेकोमा यो रकम बढेर गत आर्थिक वर्षमा २४.१८ रुपैयाँ पुगेको छ ।

बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ पुर्‍याएको छ। गत वर्ष ३.९८ प्रतिशत रहेको खराब कर्जाको दर अहिले २.३१ प्रतिशतमा झरेको छ । बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ भने आधार दर घटेर ९.३६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung