
सुनको मूल्य अघिल्लो दिनको तुलनामा सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलाको ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुन पनि तोलाको २ सयले बढेर ६४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ६४ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।