
ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । आवेदन प्रक्रिया पूरा भएको तीन दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
यो योजना सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक, वित्तीय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्न चाहने आमग्राहकप्रति लक्ष्यित छ । योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।
निश्चित अवधिका लागि रहने योजना सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्स्टेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा प्रदान गरिँदै आएको जनाएको छ ।
बैंकले हाल १३८ शाखा, २८ वटा एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर, १४८ एटिएम, १७१ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीनवटा सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले नेपालबाहेक अस्ट्रेलिया, बेलायत र भारतमा सम्पर्क कार्यालय खोलेर बैंकिङ सुविधा दिँदै आएको छ ।