
प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
९ वर्षअघि स्थापित सहकारीको १ करोड १८ लाख ५७ हजार ५ सय निक्षेपमा १० करोड ६० लाख ९५ हजार ६ सय ७० रुपैयाँ ८९ पैसा र कर्जामा १० करोड ३४ लाख ३ हजार ८ सय ३३ पैसा पुगेको साधारणसभामा जानकारी गराइयो । यस वर्ष ६ लाख ६८ हजार १ सय ६४ रुपैयाँ ४९ पैसा खुद नाफा भएको सहकारीका सचिव किस्मतजंग राजभण्डारीले बताए । साधारणसभाले यस वर्ष सेयर पुँजी ५ करोड पुर्याउने तय गरेको छ ।
साधारणसभामा नेपाल सरकारका सचिव मोहन कृष्ण सापकोटा, प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्याम श्रेष्ठ, परशुराम श्रेष्ठ, महेश्वरकुमार श्रेष्ठलगायतले सहकारीले आर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा यसलाई सहकारीको सिद्धान्तअनुसार चलाउनुपर्नेमा जोड दिए ।
साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष हरिकृष्ण शर्मा, स्वागत उपाध्यक्ष रमेशकुमार राजभण्डारी र सञ्चालन सचिव किस्मतजंग राजभण्डारीले गरेका थिए ।