
बागलुङ ।कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंकामा सरकारले देश लकडाउन गरेपछि बागलुङ नगर खानेपानीको लिफ्टिङ योजनामा काम गर्ने मजदुर सदरमुकाममा अलपत्र परेको खबर नयाँ िवश्वडटकममा आएपछि राहत पाएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ३ कैलाम पोखरी राटमाता लिफ्टिङ खानेपानी योजनाको जिम्मेवारी लिएको जय मता कन्काइ जेबी निर्माण कम्पनीका निर्माण ब्यबसायीले जिल्लामा काम गर्ने आफ्नो मजदुरलाई संकटको बेला खाना खान चामल दाल नुन तेल र ३० हजार रूपैयाँ नगद दिएका छन् ।
देश लकडाउन भएपछि १४ जना मजदुर अलपत्र परेका थिए संचार माध्यममा खबर आएपछि रकम र रासन पाएको प्रेम बहादुर शाहीले बताए ।असोजदेखि खानेपानी आयोजनामा काम गर्दै आएका मजदुरले अहिलेसम्म काम गरेको पारिश्रमिक समेत पाउन नसकेको गुनासो आएपछि तत्कालको लागि थोरै भए पनि राहत मिलेको शाहीले बताए ।
अहिले घर जाने अबस्था पनि छैन काम गर्ने अबस्था पनि छैन कम्पनीले दुखको बेलामा बेवास्ता गरेपछि पत्रकार गुहारेपछि मात्र समाधान भएको उनले बताए ।
फाइल तस्वीर