२९ बैशाख २०८२, सोमबार

 

चीनबाट स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द, ओम्नी समूहको ५ करोड धरौटी जफत

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी समूहसँगको सम्झौता सरकारले रद्द गरेको हो ।

खरिद सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका महानिर्देशका  महेन्द्र श्रेष्ठले बताए । विभागले ओम्नी समूहको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन उक्त समूहसँग अचानक सम्झौता गरेपछि संचार माध्यममा अनियमितता भएको खबर  आएको थियो  ।

ओम्नी समूहसँग सम्झौता गरी सरकारले नेपाल एयरलाइन्सको जहाजमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्री लिएर आज आइतबार विहान ५ बजे जहाज आइपुगेको हो ।जहाजबाट १२.६६  टन स्वास्थ्य सामग्री ल्याएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको थियो ।

शनिबार स्वास्थ्य मन्त्रालयले अर्डर गरे अनुसारको सामग्रीहरु लिन नेपाल वायु सेवा निगमको आरए ४१७१ कल साइनको जहाज चीनको ग्वाङ्जाओ तर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung