
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्ने ३० जनालाई पक्राउपछि सम्झाई बुझाई गरी रिहा गरिएकोछ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर लकडाउन गरेको बेला उलर्घन गर्दै हिडेको २२ पुरुष र ८ जना महिलालाई पक्राउपछि चेतावनी दिएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुडको प्रमुख नवराज भट्टले नयाँ विश्वलाई जानकारी दिए ।
उनीहरुलाई प्रहरीले बजारको विभिन्न चोक र सडकबाट पक्राउ गरेको हो । स्थानीय प्रशासनले लकडाउनको बेला अति आवश्यक काम बाहेक बाहिर नजान आग्रह गरे पनि सडकमा अटेर गरेर हिड्नकोले प्रहरीले कडाई गरेको हो । आइतबार प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो ।लकडाउन अवधिसम्म बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
फोटो : मन्जुल शाक्य