
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।यस अघि सरकारले वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय गरेको थियो। तर लकडाउन बारे भने मन्त्रिपरिषदले मात्र निर्णय लिनेछ ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनबारे मोडालिटी तय गर्न निर्देशन दिएको थियो।