१ जेष्ठ २०८२, बिहीबार

 

श्रमिक दिवसमा माझी परिवारलाई राजभण्डारीको सहयोग

१३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बागलुङ नगरपालिका १ बोटेगाउँका माझी परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
बागलुङका समाजसेवी तथा व्यवसायी सहदेव राजभण्डारीले २१ परिवारलाई ५० हजार रुपैयाँको खाद्यान्न सघाएका हुन् ।

ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका माझी परिवार लकडाउनका कारण कामविहीन हुन पुगेका थिए । बागलुङ  उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष राजभण्डारीले आफ्ना बुवाआमाको सम्झनामा स्थापना गरेको टीकाबहादुर ,विद्यालक्ष्मी राजभण्डारी स्मृतिकोषबाट उनीहरूमाझ राहत पुर्‍याएका हुन् ।

प्रत्येक परिवारलाई १ बोरा चामल,३ केजी नुन र १ लिटर तेलका दरले उपलब्ध गराइएको छ । असहज अवस्थामा सामाजिक सेवा गरौँ भन्ने उद्देश्यले सहयोग गरेको समाजसेवी राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung