३ जेष्ठ २०८२, शनिबार

 

कोरोनाले मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्न आर्यघाटमा

कोरोनाका कारण ज्यान गुमाएकी महिलाको शव दाहसंस्कारका लागि धुलिखेलबाट पशुपति आर्यघाट ल्याइएको छ । नेपाल प्रहरी र सेनाको टोलीले एस्कर्टिङ गरेर शव ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए ।

आधा घण्टा भयो यहाँबाट शव दाहसंस्कारका लागि लगिएकोू, उनले भने, शववाहनमा राखी अगाडिपछाडि सेना र प्रहरीले एस्कर्टिङ गरेर पठाएका हौं ।वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनलाई भोलिपल्टै डिस्चार्ज गरिएको थियो ।

त्यहाँबाट सिन्धुपाल्चोक गएकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल ल्याइएको थियो । तर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ ।

ती महिलाको मृत्युको कारण कोरोना नै रहेको स्वास्थ्य मन्त्रालयले शनिबार बेलुकी पुष्टि गरेको हो । उनलाई बिहीबार धुलिखेल ल्याइएको थियो । अस्पतालले शुक्रबार उनको स्वाब निकालेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि थप यकिन गर्न नमुना टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाले पनि उनमा कोरोना पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung