३० बैशाख २०८२, मंगलवार

 

गलकोट, मल्मका अग्निपीडित खड्का परिवारलाई राहत जुट्दै

अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई राहत प्रदान गरिएको छ । गलकोट नगरपालिका ७ सिरबारे गाउँका खड्का परिवारलाई नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाबाट एक सेट सामान र लायन्स क्लब अफ धौलागिरि बागलुङका तर्फबाट ५ हजार बराबरको खाद्यान्न वितरण गरिएको हो ।

रेडक्रस बागलुङका सभापति जब्बरबहादुर लामिछाने र लायन्स धौलागिरिका पूर्वअध्यक्ष देवबहादुर श्रेष्ठले गलकोट, मल्मकी प्रतिनिधि समाजसेवी ललिता थापालाई सामान र खाद्यान्न हस्तान्तरण गरेका छन् । लामिछानेले खड्का परिवारलाई व्यक्तिगत रूपमा दुई हजार पनि प्रदान गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइति बागलुङका सभापति जब्बरबहादुर लामिछाने, लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष तथा समाजसेवी देवबहादुर श्रेष्ठ गलकोट समाज बागलुङका अध्यक्ष राजबहादुर थापा, लायन्स क्लब अफ धौलागिरिका सचिव राजेश भारी, रेडक्रस उपसभापति राजेन्द्र आचार्य, समाजसेवी तथा महिला नेतृ ललिता थापा र लायन्स क्लब अफ धौलागिरिका उपाध्यक्ष गणेश महतोले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ धौलागिरिका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले गरेका थिए । गत आइतबार दिउँसो खड्काको घर पूरै जल्दा करिब २० लाख बराबरको धनसम्पत्ति नोक्सान भएको थियो ।

खड्का परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहतस्वरूप १० हजार प्रदान गर्ने निर्णय भएको कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung