१ जेष्ठ २०८२, बिहीबार

 

भारतीय सञ्चारमाध्यमका समाचार भ्रामक : नेपाली सेना

नेपाली सेनाले नेपालको संविधानअनुरूप सरकारको निर्देशन पालना गर्न आफू कटिबद्ध रहेको जनाएको छ ।

केही भारतीय सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु¥याउने उद्देश्यबाट प्रेरित देखिन्छ।

ती समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थलसेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएका अभिव्यक्तिसँग सम्बन्धित छन् ।

सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले लक्षित यस प्रकारका अफवाहमा विश्वास नगर्न’ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung