२९ बैशाख २०८२, सोमबार

 

क्वारेन्टाइनमा बसेका युवक खोलामा बेपत्ता

म्याग्दीमा एक युवक पौडी खेल्न जाँदा खोलामा बेपत्ता भएका छन् । मालिका गाउँपालिकाको दरबाङ छ्यारछ्यारेस्थित क्वारेन्टाइनमा बसेका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा बेपत्ता भएका हुन् ।

मंगलबार क्वारेन्टाइननजिकैको म्याग्दी खोलामा पौडी खेल्न गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले जानकारी दिए ।

उनी क्वारेन्टाइनमा खटिएका प्रहरीलाई झुक्याएर नदीमा पुगेको बताइएको छ । थापा उनी केही दिनअघि मात्र भारतबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung