
आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत र भूमिसुधार शाखाले सूचना जारी गर्दै कार्यालय खोल्न निर्देशन दिएको छ छ। ‘जेठ २५ आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्नुहुन,’ सूचनामा उल्लेख छ ।