१ जेष्ठ २०८२, बिहीबार

 

गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

आज आईतबार आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा गुरु पूर्णिमा पर्व मनाईदै आएको छ ।
वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा मनाईदै आएको मान्यता छ । वेदव्यासको जन्म नेपालको तनहु जिल्लाामा भएको मान्न्छि । उनले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका पूर्विय धार्मिकग्रन्थ लेखेको विश्वास छ । उल्लेखित ग्रन्थ हिन्दु संस्कार संस्कृतिका मार्ग निर्देशक मानिन्छन् । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने रहेको छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ । पूर्विय संस्कारमा मातृ देवो भवः, पितृ देवो भव: भनेर मातापितालाई देवतुल्य मानेर पुजिन्छ ।  त्यसैगरी गुरु देवो भवः भनेर मातापिता सरह गुरुलाई  पनि पुज्ने चलन छ । गुरुकुल र विद्यालयमा विशेष कार्यक्रम गरेर यो दिनमा गुरुजनलाई पुज्ने प्रचलन छ । तर यो वर्ष विषम परिस्थितीका कारण त्यसरी मनाउन संभव नभएको प्रगति शिक्षा सदन कुपण्डोलकी छात्रा अञ्जु देवकोटाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung