१ जेष्ठ २०८२, बिहीबार

 

श्रेष्ठ कांग्रेसको सहकारी विभागमा मनोनीत

बागलुङको व्यवसायी तथा समाजसेवी कृष्ण शंकर श्रेष्ठलाई नेपाली कांग्रेसको वित्तिय तथा सहकारी विभागमा मनोनीत भएका छन् । बागलुङ नगरपालिका वडा नं ३ का श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनीत गरेका हुन् ।

श्रेष्ठ बागलुङ उद्योग वाणिज्य संघको पूर्वमहासचिव, नेपाल परिवार नियोजन संघ बागलुङको पूर्वअध्यक्ष, बागलुङ जेसीजको संस्थापक महासचिव तथा पूर्वअध्यक्ष, बागलुङ जिल्ला सहकारी संघको संस्थापक अध्यक्ष , एकता सहकारी संस्था लिको पूर्वअध्यक्ष हुन । श्रेष्ठले धौलागिरि अंचलमै पहिलो पटक राष्ट्रिय सहकारी बैंकको दोश्रो शाखा बागलुडमा ल्याउन नेतृत्व गरेका थिए ।

श्रेष्ठ ग्रीन डेभलमेन्ट बैंकको संचालक पनि हुन ।श्रेष्ठ लगाएतको बैंकको नेतृत्व ग्रीन डेभलपमेन्ट बैंकलाई गण्डकी प्रदेशकै सफल बैंक बनाउन प्रयासरत छन ।

मलाई पार्टीले वित्तिय र सहकारी विभागको जिम्मेवारी दिए अनुसार यस क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने कृष्ण शंकर श्रेष्ठले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung