कुमुद श्रेष्ठ
कोरोना भाईरस सार्स २, भाईरसलाई दिइएको आधिकारीक नाम हो । यसवाट मानब जातिलाई हुने रोगको नाम कोविड १९ हो । तर भन्ने वा लेख्ने बेलामा विभिन्न विज्ञहरूले आ आफ्नो शैलीले भन्छन् तर ठिक यहि भएकोले यहि अनुसार बुझ्न अनुरोध गर्दछु ।
लेखनको उद्देश्यः
यो मेरो नोटको उद्देश्य वर्तमान सन्दर्भमा जन चेतना जगाउने मात्र हो । यस नोटमा आधारित भएर कसैले पनि समाजमा विग्रहको लागि दावी नगर्नु होला । तर जनचेतना अभिबृद्घिको लागि यो नोट इच्छुक सबैले सेयर गर्न सकिने छ । यदि यसमा आधारित भएर कसैले सामाजिक विग्रहको लागि दावी गर्छ भने सोहि ब्यक्ति जिम्मेवार हुनेछ । तर यसका कुनै पनि पृष्ठलाई अरुको नाम दिई पुनः छाप्ने नेपालको कपी राईट कानून अनुसार अपराध हो, त्यसैले कृपया त्यस्तो नगर्नु होला । तर निःशुल्क बाँड्ने संस्थाहरूले लेखकको नाम सहित यसलाई प्रतिलिपी बनाई बाँड्न सकिने छ । बिक्रि वितरण गर्न लेखकको स्विकृति बिना निषेध गरिएको छ ।
सिमितताः
यो नोटको सिमितता भनेको कोरोना भाईरस सार्स २ सम्वन्धी डाटा हालसम्म खुल्ला श्रोतमा प्राप्त भएको छैन । यस्तो भएको कारण चीनको सम्वन्धित अधिकारीहरू र त्यहाँको संस्थाहरू नै कोविड १९ वाट हाल सम्म तंग्रिन नपाएकोले होला । तर पनि विश्वको भर्चुअल माध्यममा पाएको अधिकांश जानकारी संकलन गरी जनसाधारणले बुझ्ने भाषामा लेख्न कोसिस गरेको छु ।मैले हावर्ड विश्वविद्यालय तथा संसारका अरु पनि नाम चलेका विश्वविद्यालयको कक्षाको लेक्चर नोट, विभिन्न विश्वसनीय जनहितको लागि गठन गरिएका गैर नाफामुलक संस्थाहरूको वेभ साइट, इन्टरनेटमा देखिएका लेखहरू आदिमा अंगे्रजी भाषामा राखिएका कोरोना भाईरस सार्स २ सम्वन्धी जानकारीलाई संकलन गरी सामान्य नागरिकहरूको भाषामा लेख्ने प्रयास गरेको छु । कति सफल भए वा भईन मुल्यांकन गर्ने काम यसका पाठकहरूको नै हो । यहाँ सम्म मैले कुनै निकाय वा ब्यक्तिसंग कुनै सहकार्य गरेको छैन, तर यो लेख पुरा पढेर आफ्नो सकारात्मक राय दिएर आँखामा पि.एच.डि. समेत गरेका मेरो सहोदर दाजु स्वर्गीय दिनकर श्रेष्ठका छोरा इउजतजबmिययिनष्कत क्गचनभयल डा. पवन श्रेष्ठले ठुलो सहयोग गरेको छ । साथै आफ्नो अनुभव यस जानकारीमा संलग्न गर्न अनुमति दिएर सहकर्मी विक्रम तामाङ्गजीले मलाई ठुलो गुण लगाउनु भएको छ । तसर्थ यो एकदम एक्लो प्रयास भन्दा पनि फरक पर्दैन । यसमा कमी कमजोरी पनि धेरै होला । समयले साथ दियो भने यसमा परिमार्जन गर्दै जाउँला ।
१. कोरोना भाईरस सम्वन्धी परिचय
हाम्रो पृथ्वीमा हात्ती, बाघ, गैडा जस्ता ठुलो जनावर देखि कमिला, भुसुना, प्युसा जस्ता ससाना जीवहरू पनि छन् । यस भन्दा साना जीवहरू पनि लाखौ करोडौ छन्, जसलाई हामी नाङ्गो आँखाले देख्न सक्दैनौ । यस्तो सानो जीव मध्येमा ब्याक्टेरिया एक समूहको जीव हो । ब्याक्टेरिया सेलुलर हो । यो एक वा एक भन्दा बढी सेल संरचनामा बनेको हुन्छ । सेल मानिस वा अरु जनावरहरूको शरीरमा हुने सबैभन्दा सानो भाग हो । सेलको बिचमा न्युक्लियस हुन्छ, न्युक्लियसको बिचमा धागो जस्तो लामो तर गुचुमुचु भएर क्रोमोजोम बसेको हुन्छ । क्रोमोजोममा पनि डिएनए र जीन जस्ता अत्यन्त सुक्ष्म संरचनाहरू बसेको हुन्छ । डिएनए भनेको डबल स्ट्रान्डेड वा भर्याङ्ग जस्तो लामो वा दुइतिर लामो झुण्डिने बस्तु हो । आरएनए भनेको पनि डिएनए जस्तै हो तर यसमा लामो झुण्डिने वस्तु एकातिर मात्र हुन्छ । भाईरस भनेको पनि यस्तो डिएनए वा आरएनए मात्रले बनेको हुन्छ । अहिले चर्चामा आएको कोरोना सिङ्गल स्ट्रान्डेड आरएनए भाईरस हो । यो पुरा सेल भएको जीव नभएकोले यसले आपैm खाना बनाउदैन । तसर्थ, अरु प्राणीको शरीर बाहिर आए पछि यो मरेको चिज हो । सेल अति सानो वस्तु भएकोले हामी आँखाले देख्दिनौ । सेल भित्रको पनि अति सानो बस्तु भएकोले हामी डिएनए वा आरएनए वा भाईरसलाई त झनै देख्दैनौ । कोरोना भाईरस पनि यस्तै अति सानो चिज हो । ख्ष्चगक को शाब्दिक अर्थ ल्याटिनमा एयष्कयल वा विष हो । संस्कृतमा ख् र क्ष् र क् ९ख्क्ष्चगक्० को उच्चारण पनि विष नै हो । तसर्थ ख्ष्चगक को सबै भाषामा शाब्दिक अर्थ विष नै हो । हुन पनि विगतमा भाईरस भनेको विफर, दादुरा आदि रोग लाग्ने कारणले यो मान्छेको लागि विष नै थियो । तर अब यसको बाईलोजिकल वा वैज्ञानिक अर्थ चाहि विष हुन सक्ने जीव भयो वा हो । तर आधुनिक विज्ञानले हरेक मान्छेको शरीरमा ४००० खरब भाईरस हाम्रो शरीरसंग मिलेर सह अस्तित्वमा बसेको छ भनी दावी गर्दछ हामीले यति भने पछि यो विष वा भाईरसले कसरी जीवन प्राप्त गर्दछ भनी थाहा पाउन अर्को एउटा शब्दको अर्थ बुझ्नु पर्यो । यो हो ख्ष्बदष्ष्तिथ । यो शब्द ख्ष्तब र बदष्ष्तिथ वाट बनेको छ । ख्ष्तब को ल्याटिनमा अर्थ हो ीषभ या जीव हो । ब्दष्ष्तिथ को अर्थ क्षमता हो । वा जीव र क्षमता वा जीवन प्राप्त गर्न सकिने क्षमता भएको समय हो । जसरी धान, गहुँ, मकै, भटमास आदि निर्जीव भए पनि यसमा जीवन प्राप्त गर्ने क्षमता छ । माटोमा यसलाई रोपियो भने यसले जीवन प्राप्त गर्दछ भाईरस विरामी मान्छेको शरीरवाट बाहिर आउन साथ निर्जीव हो । किनभने यसले ब्याक्टेरियाले जस्तै आपैmले खाना बनाउन सक्दैन । तर अर्को मान्छे वा जनावर वा वनस्पति भित्र गयो भने विउले माटोमा जीवन पाए जस्तै भाईरसले पनि हाम्रो शरीर वा अरु जीव वा बनस्पति भित्र गए पछि ती जीवको सेल भित्र गएर जीवन प्राप्त गर्दछ र बढ्छ । हाम्रो इम्युनिटी सिष्टमले पनि सेलको ढोका त्यसै खोल्दैन, यदि सेलले ढोका खोलेन भने भाईरस पनि केहि समयमा हाम्रो शरीर भित्र नै मर्दछ । जब आरएनए वा भाईरस घण्टौ सेलको आफ्नो ढोका बाहिर बस्छ अनि हाम्रो इम्युनिटी सिष्टमले यो आरएनए त सेल भित्रको भाग हो कसरी बाहिर पुगेछ भनेर माया लागेर सेलको ढोका खोल्दछ । जब सेल भित्र भाईरस जान्छ उसले हाम्रो सेललाई नियन्त्रमा लिन्छ र आफु जस्तै डिएनए वा आरएनए वा भाईरस बनाउछ । अनि सेल भित्र नअट्ने भए पछि फुटाएर सयौ हजारौ डिएनए वा आरएनए वा भाईरस बाहिर आउँछ । अनि हरेक भाईरस यसरी नै अरु अरु सेल भित्र जान्छ । यसरी बाहिरवाट आएको भाईरसले हाम्रो शरीर भित्र जीवन प्राप्त गर्दछ र बढ्दै जान्छ भने मान्छे चाहिं संक्रमित हुदै जान्छ ।हालसम्म वा अगस्त २७, २०२० सम्ममा यो भाईरसले विश्वमा २,४३,३६,२८७ जना मान्छे संक्रमित भएको र ८,२९,६८३ जना अर्थात करिब करिब ३.४ प्रतिशत मानिसहरूको निधन भएको जानकारी मा आएको छ। विश्वमा यो रोग लागेर यसरी मर्नेहरूको प्रतिशत जनचेतना बृद्धि र उपचारमा सुधारको कारण पहिले भन्दा निकै घटेको छ । साथै गर्मी मौसममा कोरोना कमजोर भएको कुरालाई पनि नकार्न मिल्दैन । नेपालमा आजको दिन सम्म ३४,४१८ जना विरामी संक्रमित भएको तथा १७५ जनाको निधन भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
२. भाईरसको साईज
भाईरसको साइज साधारणतया २० देखि ४०० नानोे मानिएको छ । एक सेमि बराबर १,००,००,००० नानो मिटर वा नानो वा एक सेमि बराबर एक करोड नानो मिटर हो । यस हिसाबले एक सेमि मा २० नानोको ५ लाख वटा कोरोना हुन्छ, एक स्क्वायर सेमिमा २५ लाख तथा तथा एक क्युविक सेमिमा १ करोड २५ लाखवटा भाईरस हुन्छ । यो हिसाबले हाम्रो कान्छि औलाले माटोमा ३ क्युविक सेमिको एउटा खाल्डो खनियो भने त्यसमा ३ करोड ७५ लाखवटा कोरोना भाईरस अट्दछ ।
३. भाईरसले कसरी मानिसको शरीर भित्र संक्रमण बढाउछ ?
कोरोना भाईरस मानिसको शरीर भित्र गएपछि पनि यसले संक्रमित मानिसलाई बिरामी नै गर्दछ भन्ने छैन । यदि भाईरस मानिसको सेल भित्र जान पाएन भने भाईरस आपैm निश्क्रिय हुन्छ । तर भाईरसलाई हाम्रो इम्युनिटी सिष्टमले सेलको ढोका खोलि दियो भने भाईरस तुरुन्तै एक्सपोनेन्सियल मोडमा बृद्घि हुन थाल्छ । अहिलेको कोरोना भाईरसले संक्रमण गर्ने मान्छेको शरीरको मुख्य भाग फोक्सो हो । तर केहि भएर फोक्सोमा संक्रमण गर्न सकेन भने यसले पेटको आन्द्रामा संक्रमन गर्दछ वा दुबै ठाउँमा गर्छ । यदि फोक्सोमा संक्रमण भएमा श्वासप्रश्वासमा समस्या आउछ, अनि सास फेर्न सजिलोको लागि भन्टिलेटरको आवश्यक हुन्छ । तसर्थ भेन्टिलेटर भनेको कृतिम लंग्स हो । यसमा सानो ट्युबलाई मान्छेको फोक्सो भित्र पठाईन्छ । अनि पम्पको सहायताले मान्छेको फोक्सो भित्रको ट्युबमा हावा पठाउने र फोक्सोवाट हावा बाहिर ल्याउने काम गर्दछ । यसरी भेन्टिलेटरको सहायताले विरामी मान्छे रोगसंग लडछ । पेटमा संक्रमण (न्बकतचयष्लतभकतष्लब िष्लाभअतष्यल) भएमा बान्ता हुने, झाडालाग्ने आदि समस्या हुन्छ । यस्तो खतरनाक भाइरसले आफ्नो स्वरुपलाई भौतिक रुपमा वा रासायनिक रुपमा मानिसको कोषसंग मिल्ने वा टाँसिन सक्ने किसिमले बनायो वा बन्यो भने उक्त भाइरस खतरनाक हुन्छ । तर मानिसको इम्युन सिष्टम पनि कहाँ कम छ र ? बाहिरी बस्तुलाई वा भाइरसले मान्छेको कोष भित्र सिधा प्रवेश पाउदैन । धेरै समय सम्म भाइरस कोष बाहिर नै सोझो मान्छे जस्तै चुप लागेर बस्छ । यसले गर्दा मान्छेको कोषमा भ्रम पैदा गर्दछ । अनि त्यो भाइरस मान्छेको जीउको अङ्ग हो कि भनेर कोषले विचार गर्दछ । वा खतरनाक बस्तु भनेर चिनेन भने कोषले भाईरसलाई आफ्नो कोषको ढोका खोल्छ र भित्र प्रवेश दिन्छ । भाईरसले मान्छेलाई संक्रमण गरेपछि संक्रमण छ वा छैन भनेर दुई किसिमको परिक्षणले देखाउछ । ती हुन एन्टिजिनको उपस्थितिबाट परिक्षण गरिन्छ । यसको लागि स्वाबको नमूना चाहिन्छ ।
४. भाईरस र मानिसको युद्घ कसरी हुन्छ ?
अनगिन्ति साना भाइरस, ब्याक्टेरियाहरूको लागि मानिसको शरीर वा चराको शरीर वा बोकाको शरीर एउटा ठुलो ईकोसिष्टम हो । जब सम्म उक्त जीव जिवित रहन्छ, उक्त ईकोसिष्टमलाई संचालन गर्ने काममा सो जीवको महत्वपूर्ण भुमिका हुन्छ, जस्तै समुद्रमा भएको अथाह पानीको नियन्त्रण पृथ्वीको गुरूत्वाकर्षणवाट हुन्छ । जब संसारमा हरेक दिन करोडौ कुखुरा वा लाखौ खसिलाई मारीन्छ उक्त जीव भित्रको ईकोसिष्टम धरासायी हुन्छ । अनि गुरुत्वाकर्षण बिनाको सुनामीमा पानी बहुलाए जस्तै उक्त ईकोसिष्टम भित्रको जीव तथा भाइरसहरू अनियन्त्रित भै यत्रतत्र जान्छ । ती मध्ये प्रायः सबै जीव र भाईरस मर्छ, तर केहिले अरु जीवको शरीर भित्र जाने मौका पायो भने उक्त भाइरसले आफु जस्तो जीव वा भाईरसको सहयोगमा आफुलाई म्युटेट गरेर नयाँ भाइरस बनाउछ । यस्तो भाइरसको नयाँ स्वरुप कहिलेकाहि बिफर, दादुरा र कोरोना जस्तै मानब जातिको लागि खतरनाक पनि हुन सक्छ ।धेरैले भाईरसको ब्यबहारलाई नेपोलियनसंग तुलना गरेका छन, नेपोलियन छोटो कदका नबोल्ने स्वभावका थिए । तर जब उनलाई पत्याएर कुनै पद दिन्थे उनी आफ्नो सबै तागत देखाउथे । समकक्षीहरूको विचमा भने उनी चुप लागेर एक कुनामा बस्थे भने आफुभन्दा वरिष्ठ सैनिकहरूको अगाडि उनी निकै नरम हुन्थे । उनी यहि रणनीति अपनाएर फ्रान्सको सिपाहिदेखि सर्वोच्च कमाण्डर भए ।कोष भित्र प्रवेश गरे पछि भाइरसले सो कोषको डिएनएमा प्रवेश गरेर आफ्नो नियन्त्रणमा लिन्छ र मान्छेको जीउको आवश्यकता अनुसार नगरी आफु जस्तै डिएनए वा आरएनए वा भाइरस बनाउँछ । कोषमा भाइरसको नियन्त्रण भए पछि निकै तेज रुपमा भाइरस बनाउने प्रक्रिया हुदै जान्छ । जब भाइरस धेरै हुन्छ अनि भाइरसले नकारात्मक नतिजा देखाउँछ र सेलहरूमा नियन्त्रण बढाउदै जान्छ । अब शुरु भयो भाइरस र मान्छेको लडाई लडाईको फेज १ः मान्छेको प्रतिरोधी क्षमताले भाइरसलाई मार्न खोज्छ वा मार्छ । यदि यो प्रक्रियामा मानिसले जित्यो भने युद्घ सकियो । यो फेजमा डब्लुबिसि धेरै सक्रिय हुन्छ । तर भाइरस सानो हुने र मान्छेको कोष भित्र लुक्न सक्ने भएकोले मान्छेको प्रतिरोधी क्षमताले भाइरस विरुद्घ विजय नपाउन पनि सक्छ । भइरसले जित्यो भने अर्को फेजको लडाई शुरु हुन्छ लडाईको फेज २ः दोस्रो फेजमा मान्छेको प्रतिरोधी सिष्टमले भौतिक शक्ति प्रयोग गर्छ । जस्तै हाछ््यु गरेर फोक्सोलाई खुम्चाउने र फुलाउने गरेर भाइरसलाई बाहिर फाल्छ । खोकि निकालेर पनि भाइरस बाहिर फाल्न खोज्छ । नाकवाट पानी वा विषालु पानी (नुनिलो वा गन्हाउने) निकालेर पानीले फ्लस गर्न खोज्छ वा गर्छ । यदि यो प्रक्रियामा मानिसले जित्यो भने युद्घ सकियो । भाइरसले जित्यो भने अर्को फेजको लडाई शुरु हुन्छ लडाईको फेज ३ः यो फेज मानिसको प्रतिरोधक क्षमताको अन्तिम अस्त्र हो । यो फेजमा मानिसको इम्युन सिष्टमले उच्च तापक्रम वा ज्वरो निकालेर भाइरस मार्न खोज्छ । उच्च तापक्रमले पनि भाइरसहरू मर्दै जान्छ वा मर्छ । यो अवस्थामा ब्लड भेसलमा इम्युन सेलले सुतेर लडने वा उपे्रmर लडने काम गर्दछ । यो नयाँ परिस्थितीको फाइदा मान्छेको प्रतिरोधक सिष्टमलाई निकै हुन्छ । ज्वरोले गर्दा मानिसले पनि निकै सावधानी लिन्छ, अस्पताल जान्छ, औषधी खान्छ । यसरी विज्ञान र प्रविधिको प्रयोगले मानिसले आफ्नो ज्यान जोगाउँछ ।यदि यो युद्घमा विज्ञान र प्रविधि हार्यो भने मानिसको ज्यान गयो । तर यो घटनामा मानिस मात्र होइन मानिसलाई मार्ने करोडौ खरबौ भाइरस पनि मर्छ । एउटा दुखद घटना हुन्छ ।
५. भाईरस सम्वन्धी विस्तृत जानकारी
५.१ भाईरस भनेको के हो ?
भाईरस भनेको साधारणतया अति सुक्ष्म वस्तु हो । सबैले यसलाई जीव मान्दैनन । किनभने जीव हुन कम्तिमा एउटा आफ्नै कोष वा सेल चाहिन्छ । तर भाईरसमा डिएनए वा आरएनए मात्र हुन्छ, यसमा पुरा कोष हुदैन । जीव हुन आफ्नै खाना पकाई, खाना खाई, बंश संचालनको लागि निश्चित जीवन चक्र चाहिन्छ । ब्याक्टेरिया सम्मले यस्तो गर्दछ । ब्याक्टेरिया भनेको भाइरस भन्दा कयौ गुणा ठुलो हुन्छ । धेरैजसो ब्याक्टेरिया एउटा कोषको हुन्छ ।भाईरसले न खाना उत्पादन गर्दछ न सास फेर्छ न निश्चित जीवन चक्रमा हिड्छ । त्यसैले विज्ञानको एक पक्षले यसलाई जीव मान्दैन, यसलाई एउटा वस्तु मात्र मान्छ । तर यस पृथ्वीमा खरबौ खरब किसिमका भाइरसहरू छन् । ती सबै यति साना छन् कि हाम्रो बुढी औलाको आयातनमा अरबौ अरब भाइरस अट्छ । मान्छे पृथ्वीमा आउन भन्दा अगाडि अरु जीवहरू संगै भाईरस पनि आए । तर भाईरसको आफ्नै जीवन वा अस्तित्व हुदैन । भाईरस रुख, विरुवा, चरा, जंगली जनावर वा घरपालुवा जनावर, ब्याक्टेरिया वा मानिसको शरीर भित्र पस्छ र आफु बाँच्छ । भाईरसको अरुको शरीर भित्र बाँच्ने तरिका गजबको छ । हाम्रो जीउमा पसे पछि पनि यसलाई बाँच्न हाम्रो कोष भित्र जानु पर्दछ । होइन भने यसले खाना पाउदैन र केहि समयमा मर्छ । त्यसैले अरु जीवसंगको सह अस्तित्वमा भाईरस पनि बाँच्छ । मानीसको छाला, नाक, कान, केश, पेट आदि ठाउँमा करोडौ करोड भाइरस बस्छन् । सबैभन्दा बढी आन्द्रामा त खरबौ खरब हुन्छ । ती सबै भाईरस अरु जीवको शरीर भित्र सह अस्तित्वका आधारमा रहेको हुन्छ । तर कुनै कुनै भाइरस हाम्रो लागि निकै खराब हुन्छ, जस्तै बिफर, दादुरा, सार्स र मर्सका भाईरसहरू । भाईरस अति सुक्ष्म जीव हो । यसलाई हेर्न खास किसिमको माइक्रोसकोप चाहिन्छ, यसलाई इलेक्ट्रोन माइक्रोसकोप भनिन्छ । यति सुक्ष्म भएकोले यसको अध्ययनको विषय निकै गाह्रो विषय भएको छ ।२०२० सम्ममा मान्छेले मंगल ग्रहमा यान पठाए पनि आफ्नै जीउ भित्र आएको भाईरसलाई मार्न मानिसलाई निकै कठिन भएको छ । साइज हे¥यौ भने अधिकाँश भाइरस १ माइक्रो मिटर भन्दा सानो (०.०२ देखि ०.४ माईक्रो मिटर) वा २० देखि ४०० नानो मानिएको छ । तसर्थ हामी यसलाई नाङ्गो आँखाले देख्दैनौ । हाम्रो शरीरमा धेरै किसिमका खरबौ खरब भाईरस, लाखौ बाक्टेरीया, ईस्ट, प्रोटोजोआ आदि बस्ने गरेकोले हाम्रो शरीर भाईरसको लागि एउटा इकोसिष्टम हो । तसर्थ भाईरस पनि हाम्रो लागि अति आवश्यक भएकोले हाम्रो जन्मसंगै आवश्यक भाईरसहरू हामी पनि आमाको पेटवाटै संगै ल्याउछौ ।
५.२ भाईरस कसरी सर्छ ?
जब भाईरसले मान्छेलाई आक्रमण गर्दछ, भाईरससंग लड्ने क्रममा मान्छेको ईम्युन सिष्टमले भाईरसलाई विरामी मानिसको शरीरवाट बाहिर पठाउन भौतिक शक्ति पनि प्रयोग गर्छ । जस्तै हाछ्यु गरेर फोक्सोलाई खुम्चाउने र फुलाउने गरेर भाईरसलाई बाहिर फाल्छ । खोकि निकालेर पनि भाईरस बाहिर फाल्न खोज्छ । पानी वा विषालु पानी (नुनिलो वा गन्हाउने) नाकवाट निकालेर पानीले फ्लस गर्न खोज्छ वा गर्छ । यहि प्रक्रियामा विरामी मानिसको शरीरले करोडौ भाईरस बाहिर निकाल्छ र आफ्ना वरीपरी बसेका निरोगी मानिसहरूलाई रोग वा रोगका भाईरस सार्दै जान्छ ।
५.३ महामारी कसरी हुन्छ ?
कुनै पनि रोगको ब्याक्टेरिया वा भाईरस कम समयमा धेरै मानिसलाई सर्यो भने एकै पटक धेरै मान्छेहरू विरामी हुन्छ र विरामी मध्ये कसैको ज्यान पनि जान सक्छ । ब्याक्टेरिया वाट महामारी पैmलिन साधारणतया पानीवाट रोग सर्छ । भाईरसवाट महामारी हुन सो भाईरस विरामी भएको मान्छेको शरीरवाट एरोसोल (थुक, सिंगान आदि) को रुपमा बाहिर आउँछ अनि सिधा निरोगी मान्छेको शरीर भित्र प्रवेश गर्छ वा भाईरस हावाको माध्यम भएर कम समयमा धेरै निरोगी मानिसहरूको जीउमा एकै पटक प्रवेश गर्छ । अनि एकै पटक धेरै मानिस विरामी पर्छ र रोगले महामारीको रुप लिन्छ ।
५.४ चिनमा कोरोना भाईरस कसरी उत्पन्न कसरी भयो ?
चरा, जनावर, माछा, मान्छेको जिउमा लाखौ ब्याक्टेरिया, अन्य माइक्रो अरगानिज्म र करोडौ अरबौ भाईरस हुन्छ । उक्त जीवको जीवन समष्टिगत इकोसिष्टमको प्रमुख भाग हो । जब यो जीव मर्छ वा मारिन्छ वा मर्यो भने उक्त इकोसिष्टमको अरु कम्पोनेन्टहरू अनियन्त्रित रुपमा तितर वितर हुन्छ । वा भाईरस, ब्याक्टेरिया आदि तितर वितर हुन्छ । जस्तो पृथ्वीको गुरुत्वाकर्षणले समुद्रको पानीलाई हलचल हुनवाट नियन्त्रण गर्दछ । तर जब सुनामी आउछ, गुरुत्वाकर्षणले आफ्नो नियन्त्रण गुमाउछ, अनी समुद्रको पानी बहुलाएर यत्रतत्र हिड्छ । तसर्थ यस्ता बौलाहापन रोक्न सबै इकोसिष्टमहरूलाई सन्तुलित रुपमा राख्नु अनिवार्य हुन्छ । इकोसिष्टम असन्तुलित भयो भने वा जीवहरू मारियो भने यसमा भएको भाइरस यत्रतत्र छरिएर अर्को भाइरससंग मिलेर नयाँ म्युटेटेड खतरनाक भाईरस बनिने डर हुन्छ ।
सय दुई सय वा हजार वा लाख पटक जीव मार्दा सम्म शायद यस्तो खतरनाक म्युटेशन हुदैन होला । तर जब करोडौ पटक जीव मारिन्छ, जस्तै अहिले संसारमा हरेक दिन करोडौ कुखुरा मारिन्छ । अनि यस्तो खतराको संभावना निकै बढछ । यसैले बर्ड फ्लु भाइरस म्युटेट भएर प्यान्डामिकका रुपमा आउन सक्छ भनेर पहिला देखि नै विज्ञहरू डराइ रहेका छन् ।
हिजोका दिनमा यस्तो जीव इकोसिष्टम विग्रदा वा जीवलाई मार्दा के भयो ? तल हेर्नहोस ।जब चमेरो र सिभेट मारियो । चमेरोमा भएको कोरोना ं नीर बिरालो÷सिभेटमा भएको कोरोना . सार्स कोरोनावाट सन् २००३ मा मृत्यु ६६००चमेरोमा भएको कोरोना ं उँटमा भएको कोरोना . मर्स कोरोनावाट सन् २०१३ मा मृत्यु ८५८अहिले सन् २०२० मा चमेरोमा भएको कोरोना ं सालक÷पाङ्गगोलिनमा भएको कोरोना . नोबल कोरोना, मृत्यु ७,५३,४६७ ( सन् २०२०, अगस्त १४ वा पुस्तक तयार गर्दाको समय सम्ममा)
५.५ चीनमा कोरोना भाईरस कसरी सर्यो भन्ने छ ?
चीनको वुहानमा डिसेम्वर महिना देखि कोरोना रोग शुरु भयो र विस्तारै यो रोगले महामारीको रुप लियो । यसरी रोग सर्नुको कारण बिरामीको थुक सिधा अरु मान्छेमा गएर तथा थुकमा भएको भाईरसहरू हावाको माध्यमवाट अरुमा सरेर हो । जब भाईरस मान्छेको शरीरवाट निस्कन्छ यो जीवित हुदैन, तर जब पुनः मानिसको शरीर भित्र गयो भने यसले अर्को मान्छेको शरीर भित्र पुनः जीवन प्राप्त गर्दछ । अनि भाईरसको संख्या बढाएर पुन निरोगी मानिसलाई विरामी बनाउछ । चीनमा यसरी भाईरसको लागि उपयुक्त वातावरणमा रोगले महामारीको रुप लिदै गयो ।यो भाईरस दु्रतगतिमा सर्दा वा डिसेम्वर महिनामा वुहानको तापक्रम न्युनतम ३ डिग्री सेन्टिगे्रड र अधिकतम ११ डिग्री सेन्टिगे्रड थियो । जब यो भाईरसले सन् २०२० को फरवरीमा युरोपमा महामारीको रुप लियो, त्यसबेला त्यहाँको तापक्रम पनि वुहानको डिसेम्वर महिनाको तापक्रमको हाराहारीमा रहेको थियो । न्युयोर्क शहरमा पनि यसकै हाराहारी तापक्रम भएको बेलामा नै कोरोना भाईरस तिब्र गतिमा सरेको हो । न्युयोर्कमा एक पटक तापक्रम बढी सकेपछि पनि पानी परेर पटक पटक वुहानकै जस्तो तापक्रम रह्यो र त्यसबेला कोरोना भाईरस पनि अति तिब्र गतिमा सर्यो।
५.६ युरोप र अमेरिकामा कोरोना भाईरस कसरी सर्यो भन्ने छ ?
युरोपमा र अमेरीकामा पनि वुहानमा जस्तै उपयुक्त वातावरणले हावावाट समेत भाईरस सरेको अनुमान गरिएको छ । त्यसमाथि पनि भाईरसको लागि उपयुक्त तापक्रम भएको बेलामा त्यहाँ फुटवलको खेल भएर ईटाली र स्पेनको फुटवल लिगका टिमका विच फुटवल खेल भएको बेला निकै कम समयमा संक्रमित मान्छेहरूवाट स्वस्थ मानीसमा रोग सरेको अनुमान गरिएको छ । साथै युरोप र अमेरिकामा हाल रहेको पव, डिस्को, वार, डान्सवार आदिको संस्कृतिले गर्दा पनि विरामीवाट अरु मानिसहरूमा यो रोग सरेको अनुमान गरिएको छ ।
५.७ नेपालमा कोरोना भाईरस सरेको श्रोतको अनुमान के हो ?
नेपालमा कोरोना भाईरस युरोपवाट फर्केका मानिसहरूमा देखिएको छ । साथै चीन र युरोपका मानिसहरूवाट रोग सारिएका दुबई, दोहा, आबुधावी आदि ठाउँको एयरपोर्टमा काम गर्ने नेपालीहरू संक्रमित भएर रोग नेपाल आएको छ । मध्य पुर्वका शहरहरूमा तापक्रम उच्च भएपनि त्यहाँका एयरपोर्टहरूमा भएको एयर कन्डिसनले गर्दा भाईरसलाई उपयुक्त वातावरण भएर त्यहाँवाट पनि रोग सरेको अनुमान गरिएको छ । साथै ती रोग लागेको मानिसहरू संगै एउटै कोठामा बस्दा वा संगै प्लेनमा बस्दा अरु स्वस्थ मान्छेहरूलाई रोग सारेको अनुमान गरिएको छ । शुरुवाती दिनहरुमा, नेपालमा बाहिर वा इटाली, मध्यपुर्व वा भारतको मुम्बई जस्ता ठाउँवाट आएका मानिसहरूमा मात्र देखिएकोमा पछिल्ला दिनहरुमा समुदायस्तरमा नै यो रोग फैलिएको पुष्टि भैसकेको छ।
५.८ भारतमा कोरोना भाईरस सरेको श्रोतको अनुमान के हो ?
भारतमा अगस्त २७, २०२० को दिनसम्म ३३,१०,२३४ जनालाई कोरोना पोजिटिभ भई रोग लागेको तथा ६०,६२९ जनाको मृत्यु भएको सुचना सार्वजनिक गरिएको छ । भारतमा केहि दिन अगाडि देखि संक्रमित मान्छेहरूको संख्या विस्तारै बढेर एक हजार नाधेको र पछि लाखौ पुगेको हो । भारतमा हिजो आज दैनिक पिसिआर पोजिटिभ भएका वा रोग लागेको निश्चित भएको ब्यक्तीहरू एकै दिनमा करिब ७० हजार भन्दा बढी मानिसहरू संक्रमित भएको जानकारी दिईएको छ भने भारतमा हालसम्म महाराष्ट्र राज्यमा सबैभन्दा बढी कोरोना पोजिटिभ देखिएको छ ।
५.९ उच्च तापक्रमको प्रभाव कोरोना भाईरसमा कस्तो हुन सक्छ ?
एउटै प्रजातिको जीव पृथ्वीको सबै ठाउँमा त्यहि रुपले बलियो हुदैन । किनभने जीव बलियो वा कमजोर हुने त्यहाँको तापक्रम, आद्रता, हावाको कम्पोजिसन, पानी, खाना आदीमा भर पर्दछ । पृथ्वीको फरक फरक ठाउँमा फरक फरक आवाहवा हुने कारणले एउटै जीव पृथ्वीको सबै ठाउँमा एकैनासले बलियो हुदैन । अर्को हावापानीमा पनि आफुलाइ बलियो बनाउन जीवहरूले आफ्नो सह प्रजातिहरू बनाउदै जान्छ । जस्तै हामी कहाँ पाउने बाघ अति बलियो जनावर हो, यसलाई बंगाल टाईगर भनिन्छ । तर यहि बंगाल टाईगर अर्को हावापानीमा यहाँ जस्तै बलियो नभएर यसले सह प्रजाति वा अर्को स्वरुप बनाउदै गयो, जस्तै जाभान टाईगर, सुमात्रान टाईगर, साइबेरियन टाईगर, मंचुरियन टाईगर, आदि ।यो पारिस्थिकिय सिद्घान्तको आधारमा भन्ने हो भने अर्को हावापानी वा तापक्रमको कारण कोरोना भाईरस वुहान, युरोप वा न्युयोर्कमा जस्तो बलियो नेपालमा हुदैन । किनभने २०७७ को जेठ महिनामा काठमाण्डौको तापक्रम २८ डिग्री सेन्टिगे्रड पुगी वुहानको डिसेम्वरको तापक्रम १३ डिग्री भन्दा निकै माथि पुगी सकेको छ । तसर्थ नेपालमा रोग लागेकाहरूलाई युरोप वा न्युयोर्क भन्दा कममात्र समस्या आउनमा यहाँको आवाहवा र तापक्रमको प्रमुख भुमिका हुन सक्छ तथापि यो पनि अनुसन्धानकै विषय हो । तर कुनै पनि जीवले वा भाईरसले नयाँ वातावरणमा बाँच्न वा बलियो हुन आफ्नो स्वरुप वा स्ट्रेन परिवर्तन गर्नु पर्दछ, जुन कम समयमा संभव छैन ।बढी तापक्रमले भाईरसलाई सिधा नकारात्मक प्रभाव पर्ने कारण उच्च तापक्रममा भाईरसको बाहिरी आवरण जस्लाई भाइरोन भनिन्छ, यो बाक्लो बोसो वा फ्याटवाट बनेको हुन्छ । उच्च तापक्रमले यो भाइरोनलाई कमजोर वा अनस्टेबल बनाउँछ । कसैले भारतका विभिन्न शहरहरू बढ्दै गएको संक्रमितहरूको संख्याको कारण तापक्रमको प्रभाव भारतमा परेको छैन, नेपालमा कसरी पर्छ भनी तर्क प्रस्तुत गरेको देखियो । तर यथार्थ कुरा भारतले कोरोनाको महामारी पैmलिए पछि ईरान, चीन, ईटालीवाट १६००० जनालाई भारत सरकारले संकटकालिन एयर लिफ्ट गरेको छ । ती ठाउँहरू र मध्यपूर्ववाट कोरोनाको महामारी भएपछि आपैm घर आउने भारतीयहरूको संख्या करिब दुई लाख भएको अनुमान गरिएको छ । तर भारतमा संक्रमितहरूको संख्या धेरै बढी देखिनु परिवारका ब्यक्तिहरू र संक्रमितहरूसंग धेरै नजिका भएका ब्यक्तिहरू भएको अनुमान गरिएको छ । उदाहरणको लागि मुम्बईको धाराबी भन्ने सल्म एरिया वा झुपडपत्तीमा धेरै मानिसलाई कोरोना सरेको भन्ने कुरा आएको छ । त्यहाँ अधिकाँश अति गरीव मानिसहरू बस्छन् र ती झुपडीहरू बाटोको छेउको सरकारी जग्गा अतिक्रमण गरी बनाईएको हो, तसर्थ त्यहाँ कोठाहरू अति साना छन् । ती अति साना कोठा भएको कारणले त्यहाँ कुरा गर्दा मान्छे मान्छेको बिचको वा नाक नाक बिचको दुरी निकै कम हुन्छ । त्यहाँ २ मिटरको सामाजिक दुरी कायम गर्न संभव छैन । तसर्थ त्यहाँ एकैछिन बस्नेलाई नाकहरू र मुखहरूको विचको कम दुरीको कारण कोरोना सर्ने संभावना निकै बढी छ र सरी रहेको पनि छ । भारत सरकारलाई झुपडपत्तीको कोरोना नियन्त्रण निकै टाउको दुखाईको विषय भएको छ २०२० को जुन जुलाई पुग्दा कोरोना भाईरस एभचकयल तय उभचकयल मोडलमा वा विस्तारै मात्र सरेको छ । यसरी एभचकयल तय उभचकयल मोडलमा भाईरस सर्न खास उपयुक्त तापक्रम चाहिदैन, किनभने यो मोडलमा भाईरस एक जना मान्छेको नाक वा मुखवाट निस्केर सिधा अर्को मान्छेको शरीर भित्र जाने हो । तर अब २०२० को डिसेम्बर वा जाडो महिनामा यो भाईरस २०१९ को डिसेम्बरमा जस्तो सक्रिय भएर मानब जातिलाई हालको भन्दा बढी वा अति दुःख दिदैन भन्ने अवस्था छैन ।भारत सरकार र नेपाल सरकारले हाल सम्म कम्युनिटी संक्रमण नभएको वा बाहिरवाट संक्रमित भएको मान्छे वा परिवारसंग सिधा सम्पर्क नभएको मानिसलाई हालसम्म यो रोग नलागेको भनेको छ । यसमाथि पनि बढ्दै गएको यहाँको तापक्रमले कम्युनिटी संक्रमण हुने संभावनालाई निकै कम गर्दै लगेको छ । नेपालमा हाल कोरोना पराजित हुने मुख्य कारणहरू यीनै हुन् । तर यो कुराको सय प्रतिशत ग्यारेन्टी कसैले पनि लिन सक्दैन । तसर्थ अधिकतम सावधानी पनि अपनाइनु आवश्यक छ ।
५.१० भविष्यमा कोरोना भाईरसको आतङ्कको संभावना किन छ ?
कोरोनाको संक्रमण एक समयमा कम भए पनि यसको संभावना सधैलाई अन्त हुदैन । किनभने भाइरस पार्टिकल नेपाल भित्र आई सकेको छ । यो अति सानो कण भएको हुनाले हामीले भाइरस कन देख्दैनौ । तसर्थ केहि भाईरस हाम्रो घरको फ्रिज वा एसि वा जुम्ला हुम्लाको चिसो ठाउँमा रहेर बाँचीरहने संभावना निकै छ । साथै यस्तो भाईरस पोखरीमा भएका साना किराहरू वा माइक्रो अर्गानिज्ममा पनि सर्ने अनि सुरक्षित रुपमा पुस सम्म बस्न पनि सक्छ । यो भाईरस कुकुर, बिरालो, परेवा, काग, भंगेरा आदिको जीउ भित्र बस्यो र पुस सम्म बाँच्यो अनि फेरी पुस महिनामा यो भाईरस निस्क्यो भने यसले नेपालमा निकै क्षति गर्न सक्छ, किनभने काठमाण्डौको पुस (डिसेम्वर) को सरदर न्युनतम तापक्रम ३ डिग्री सिन्टिग्रेड र अधिकतम तापक्रम १९ डिग्री हो । यो तापक्रम काठमाण्डौको तापक्रम मध्येमा कोरोना भाईरसको लागि सबै भन्दा सुहाउँदो वातावरण हो । तसर्थ, हाम्रो लागि निकै ठूलो खतरा भनेको आगामी पुस हो । पुसमा बज्न सक्ने खतराको घण्टिको सामना गर्न हामी सबै तयार हुनु पर्दछ ।
६. विश्वमा हालसम्म देखिएका कोरोना भाईरसका प्रकार
सन २००० मा सार्स आउन अगाडि ४ किसिमको कोरोना भाईरसको पहिचान गरिएका थिए, ती २ वटा अल्फा र २ वटा विटा थिए । पछि सार्स र मर्स थपिए पछि ६ प्रकार भए । हाल कोरोना सार्स २ पछि ७ किसिमको कोरोना निम्नानुसार पहिचान गरिएको छ ।विगतका दिनमा पनि विश्वका मानिसलाई पहिलो चारवटा ९द्दद्दढभ्, ल्ीटघ, इऋद्धघ, बलम ज्प्ग्ज्ञ० भाईरसले धेरै संक्रमण भै सकेको हो । सन् २००० मा सार्स आए देखि यो भाईरसको उग्र रुप देखिएको छ ।७. सबै भाईरस नराम्रो होकिनभने साधारण मानिसको जीउमा ३० ट्रिलियन वा ३०० खरब कोष हुन्छ, ४०० खरब बाक्टेरिया हुन्छ, अनि यो भन्दा धेरै गुणा बढी वा कम्तिमा मान्छेको शरीरमा ४ हजार खरब भाईरस हुन्छ । यदि हामी १०० वर्ष बाँच्यौं भने हाम्रो आयु ३,१५,३६,००००० सेकेण्ड वा ३ अरब, १५ करोड, ३६ लाख सेकेण्ड हुन्छ । यो हिसाबले एक जना मानिसले एक सेकेण्डमा एउटा भाईरस गणना गर्यो भने एउटा मानिसको शरीरमा भएको सबै भाईरसको संख्या गन्ने काम गर्न १ लाख २६ हजार, ८३९ जना मान्छेले सय वर्ष सम्म गन्ने काम मात्र गरिनु पर्ने हुन्छ ।, अब भन्नुहोस जुन चिज हामीले खरबौ बोकिरहेका छौ, त्यसैलाई “भाईरस” भनि हेला गर्न मिल्छ ? यदि भाईरस शब्द नकारात्मक हो भने खरबौ भाईरस बोकेर हिड्ने हामी कति सकारात्मक त ?
८. कोरोना भाईरस सबै देशमा त्यति नै बलियो हुदैन
१. एउटै जीव पृथ्वीको सबै ठाउँमा अर्थात ट्रोपिक्स देखि उत्तरी ध्रुब सम्म र एण्टार्कटिका देखि ट्रोपिक्स सम्म बराबर रुपले बलियो हुदैन भनेर डार्विन देखिका ईकोलोजिष्टहरूले हामीलाई सिकाएको कुरा हो । तसर्थ हालको कोरोना वा कोरोना सार्स २ पनि सबै ठाउँमा वा सबै देशमा त्यहि रुपले बलियो हुदैन । त्यसैले हालको काठमाण्डौको जस्तो तापक्रममा कोरोना सार्स २ वुहानमा जस्तै बलियो हुदैन ।
तसर्थ चीनको वुहानको डिसेम्बरको तापक्रममा अर्थात न्युनतम २ डिग्री सिलसियस र अधिकतम ११ डिग्री सेल्सियसमा मात्र कोरोना सार्स २ बढी आक्रमक हुन्छ वा बढी तापक्रममा वा जेष्ठ आषाढको नेपालको तापक्रममा कोरोना भाईरस वुहानमा जतिकै बलियो हुने संभावना निकै कम छ । दोश्रो कुरा हो जीवहरूको जीवन परिवर्तनको सिद्घान्त (भ्खयगितष्यल या ीषभ) ले पनि यहि भन्छ । यसको आधारमा हामी केहि कुरा अन्दाज गर्न सक्छौ वा हाईपोथेसिस बनाउन सक्छौ । युरोपमा भाईरस सर्दा पनि त्यहाँको तापक्रम वुहानको तापक्रमको हाराहारीमा नै थियो । अनि अमेरिकामा, खासगरी न्युयोर्कको तापक्रम पनि भाईरस आक्रमक भएको संक्रमण भएको समयको वुहानको डिसेम्बरकै तापक्रमको हाराहारीमा थियो । २०२० को मार्च महिनामा पनि पटक पटक बादल लागेर न्युयोर्कको तापक्रम न्युनतम ३ डिग्रि सि. र अधिकतम ११ डिग्रि सि. मात्र हुने फोरकाष्ट गरिएको थियो, पछि त्यहाँको वास्तविक तापक्रम पनि त्यस्तै रहेको थियो । त्यसैले न्युयोर्क शहरमा भाईरस बढी आक्रमक हुने संभावना थियो र वास्तविक अवस्था पनि त्यस्तै भयो । भाईरस जाडोमा हामी कहाँ आयो भने जाडोको कारणले यस भाईरस हावामा तैरेर अगाडि गएर धेरैलाई संक्रमण गर्न सक्छ । यो कुरालाई बुझाउन एउटा चित्र तल राखिएको छ ।
न्युयोर्कमा कोरोना भाईरस हावाबाट आयो भन्ने एउटा काल्पनिक चित्र (साभारः इन्टरनेट)
अमेरीकामा अगस्त १४, २०२० सम्मा ५४,१५,६६६ जना संक्रमित भएको भनिएको छ, जुन सो दिनमा विश्वका संक्रमित मानिसहरू (२,१०,८०,३४०) को करिब करिब एक चौथाई हो ।
२. एउटै जीव पृथ्वीको सबै ठाउँमा डाइनोसर जस्तै बलियो भयो भन्ने त्यसको प्रकृतिवाट वा पृथ्वीबाट अन्त अवश्यम्भावी हुन्छ । हिजोको दिनमा पनि यस्तै भएको थियो । भोलिको दिनमा पनि मान्छेले म एउटा मात्र पृथ्वीको प्राणी हो भन्ने थानियो र अरु सबै प्राणीलाई उनीहरूको वासवाट निकालीदियो भने निश्चय पनि त्यो दिन मानव सभ्यताको अन्त हुन सक्छ । तर हामीले विश्व समुदायलाई चिने अनुसार अधिकांश मान्छे यस्तरी निर्दयी भएको छैन र धेरै मान्छेहरूले अरु प्राणीहरू संगको सह अस्तित्व वा जैविक विविधता संरक्षणमा विश्वास गर्दछन् ।
३. जीवहरूले विभिन्न ठाउँमा आफुलाई बलियो बनाउन स्वरुप फेर्दछन् । अनि उप प्रजाति भेराईटी आदिको रुपमा आउछन् । यसरी आफुलाई समय सापेक्ष र वातावरण सापेक्ष वा ठाउँ सापेक्ष रुपमा परिवर्तन गरी बलियो बनाउँछन् । तर कुनै पनि जीव वा कोरोना सार्स २ ले कम समयमा आफुलाई यसरी परिवर्तन गर्ने संभावना निकै कम मात्र छ । यस्तो परिवर्तनको लागि निकै समय लाग्छ ।
४. भाइरसको बाहिरी आवरण वा भाइरन फ्याटवाट बनेको तह हुन्छ । कम तापक्रममा यो स्टेबल हुन्छ वा बलियो हुन्छ । तर तापक्रम जति बढी हुदै गयो यो फ्याटवाट बनेको भाइरनलाई स्टेबल हुन त्यतिकै गाह्रो हुन्छ । वा उच्च तापक्रमले भाइरनलाई साबुनले जस्तै डिस्टेविलाइज गर्दछ ।
५. धेरै वैज्ञानिकहरूले पनि यहि हाईपोथेसिसलाई लिएर प्रमाण जुटाउन खोजी रहेका छन् ।
९. कोरोना मुख्यतया २ किसिमले सर्छ
१. मुखवाट नाकमा सम्पर्क भएरः यसरी भाईरस एउटा विरामी मानिसवाट अर्को सद्दे मानिस सर्ने संभावना जहिले पनि हुन्छ । खास गरीकन श्रीमानवाट श्रीमतिलाई र एक आपसमा, आमा बुवाबाट छोराछोरीलाई वा धेरै नजिक बस्नेहरूलाई यसरी भाईरस बाह्रै महिना सर्ने संभावना हुन्छ । यसरी भाईरस सर्ने प्रक्रियामा तापक्रमको खास देन हुदैन, किनभने भाईरस एकजनाको शरीरवाट तुरुन्त अर्को मानिसको शरीरमा सर्दछ । यो प्रक्रियावाट हरेक बिरामीले एकदिनमा सालाखाला २.३ जना निरोगी मानिसहरू रोग सार्छ वा ३ दिनमा ७ जना विरामिलाई रोग सार्दछ भन्ने डब्लुएचओको भनाई छ । तसर्थ यो प्रक्रियावाट रोग सार्न कम गर्नको लागि डब्लुएचओले २ मिटरको सामाजिक दुरी कायम गर्ने भनेको छ ।
सिम्पटोमाटिक, एसिम्पटोमाटिक र सुपर स्प्रेडर
कोविड १९ रोग लागेका ब्यक्तिहरूमा जरो आउने, खोकि आउने, छाति दुख्ने आदि लक्षण देखियो भने त्यस्तो विरामीलाई सिम्पटोमाटिक भनिन्छ । यस्तो मान्छे आफु विरामी भएको कारणले उपचार मै जान्छ । तसर्थ यस्तो ब्यक्तिवाट रोग सर्ला भनेर अरु मान्छेहरू सावधान हुन्छ । अर्को किसिमका मान्छेहरूले शरीर भित्र भाईरस बोकेका हुन्छ तर रोगको लक्षण वा विरामीको लक्षण माथि भनिए जस्तै केहि पनि हुदैन । यस्तो मान्छेहरूलाई लक्षण नदेखिएको वा एसिम्पटोमाटिक भनिन्छ । यस्तो ब्यक्तिहरूले विरामी महशुस नगर्ने भएको कारणले धेरैलाई रोग सार्ने संभावना हुन्छ । यदि यस्तो मान्छेहरूको काम पसलमा बस्ने, पत्रिका दिने, घर घरमा गएर दूध दिने, अस्पतालमा काम गर्ने भयो भने निजहरू धेरै मानिसहरूको सम्पर्कमा आउछ र साथै धेरैलाई रोग सार्ने संभावना हुन्छ वा सार्छ । यसरी धेरैलाई रोग सार्ने ब्यक्तिलाई सुपर स्प्रेडर भनिन्छ ।
२. हावामा मिसिएर भाईरस आएर सम्पर्क भएरः बुहानको २०१९, डिसेम्बरको न्युनतम तापक्रम २ डिग्रि सि. र अधिकतम ११ डिग्रि सि. हो । ईटाली, स्पेन, बेलायत, अमेरीका, रुस आदि देशमा पनि हावावाट नै भाईरस आएर सरेको हो भन्ने धेरै विज्ञको दावी छ । किनभने २ मिटरको सामाजिक दुरी कायम गर्दा गर्दै पनि अमेरिका, रुस, ईटाली, बेलायत, स्पेन आदि देशका मानिसहरूलाई यो रोग लागेको छ । संसारले २ मिटरको सामाजिक दुरी भन्दा भन्दै पनि ती देशका अधिकाँश संक्रमित ब्यक्तिहरू नजिकिन गएको छैन ।
१०. उपयुक्त वातावरणमा कोरोना भाईरस हावावाट सर्छ भन्ने कुरामा यकिन हुनुहोस् ।
किनभने
१. एक पटक मान्छेले हाछ्यु गर्दा ३ हजार देखि १० हजार वटा साना थोपाहरू वा ड्रपलेट वा एरोसोलहरू हुन्छ भन्ने सम्वन्धित विज्ञहरूको भनाई छ ।
२. ती हरेक मसिना थोपामा लाखौ भाईरस वा भाईरस आर.एन. ए. वा भाईरसको विउ हुन्छ ।
३. सानो हावाले पनि परालको त्यान्द्रो वा प्वाँखहरू टाढासम्म उडेर गएको हामीले देखेका छौ । हावाले भाईरसलाई पनि यसरी नै टाढा सम्म लान्छ ।
४. फरवरी १९, २०२० इन्टर मिलानको सन सियारो स्टेडियममा स्पेनको भालेन्सिया तथा ईटालीको एटलान्टा टिमको बिचमा च्याम्पियनसिप लिगको एउटा महत्वपूर्ण खेल भएको थियो । उक्त खेल हेर्न त्यहाँ स्टेडियम भित्र करिब ५० हजार दर्शक थिए भने टिकट नपाएर बाहिर भिडिओमा पनि ५० हजारले हेरेका थिए । यो खेलमा ईटालीको एटलान्टा टिमले ४ – १ ले खेल जिते । धेरै संख्यामा ईटाली र स्पेनका मानिसहरू त्यो दिन खेल हेर्न जम्मा भएको थिए । बेयर गामोका मेयर सर्जियो गोरीले यहि खेलले गर्दा नै ईटाली र र स्पेनमा चाँडै रोग देखिएको दावी गरेका थिए । (साभार कान्तिपुर, चैत १२, २०७६) ।
५. जापानको ल्ज्ब् का अनुसन्धान कर्ताहरूले ीबकभच दभबm र ज्ष्नज कभलकष्तष्खष्तथ अबmभचब को प्रयोग गरेर मानिसहरूले बन्द कोठामा हाछ्यु गर्दा, खोक्दा र सामान्य कुरा गर्दा भाईरस भएको एरोसोल वा थुकका लाखौ माइक्रो ड्रपलेटहरू कसरी हाम्रो मुखवाट निस्कन्छ र कसरी साना मसिना १ माइक्रो मिटर सम्मका ड्रपलेटहरू कोठाभरी तैरिएर ब्याप्त हुन्छ भनेर देखाएको छ । यो अनुसन्धानले पनि कम तापक्रमको उपयुक्त वातावरणमा हावा आयो भने एकजना ब्यक्तिले क्षणभरमा लाखौं मानिसलाई कोरोना सार्न सक्ने कुरा वा ईटालीको ईन्टर मिलान स्टेडियमवाट स्पेन र ईटालीका लाखौलाई क्षण भरमा कसरी कोरोना स¥यो भनेर गरिएको दावी साँचो हुन सक्ने आधार दिएको छ ।
६. भाईरस हावावाट सरेकोले नै विस्तारै कोरोना बेलायत र फ्रान्समा पैmलिदै गयो वा देखिदै गयो । किनभने बेलायत र फ्रान्सले २ मिटरको सामाजिक दुरी अढाई महिना देखि कायम गर्दा गर्दै पनि त्यहाँ कोरोना पैmलिएको हो ।
७. पछि रोग लागेका मध्येवाट मर्नेहरूको प्रतिशत ईटाली र स्पेनमा भन्दा बेलायत र फ्रान्समा धेरै पुग्यो । कोरोना लागेका मानिसहरूको संख्यामा पनि ईटाली र स्पेनमा भन्दा बेलायत र फ्रान्स मा अगाडि रहेको छ ।
८. पछि यो रोग अमेरिका, रुस, ब्राजील, भारतमा संख्याको हिसाबले निकै बढी देखिएको छ । २ मिटरको सामाजिक दुरीमा बस्दा बस्दै पनि अमेरिका र रुसमा ब्यापक रुपमा कोरोना सरेकोले त्यहाँ हावावाट नै कोरोना सरेको भन्ने धेरैको अनुमान छ ।
११. कोरोना भाईरसबाट बच्ने प्रमुख उपाय के हो ?
यो भाईरसबाट बच्ने सबै भन्दा राम्रो उपाय भ्याक्सिन हो तर हाल सम्म यसको भ्याक्सिन बजारमा आएको छैन । तसर्थ यसबाट बच्ने उपाय भनेको आफुलाई बलियो राख्ने र संक्रमण हुन सकेसम्म नदिने हो । यसका लागि सबैले अरुसंग २ मिटरको दुरीमा बस्ने, मास्क लगाउने र खानपान, तथा ब्यायाम राम्रो गर्ने भनेको छ ।
तर पेट (न्बकतचय(ष्लतभकतष्लब िष्लाभअतष्यल) मा कोरोनाबाट संक्रमण भएकाहरूको दिशा पिसाबवाट समेत कोविड १९ सर्न सक्ने कुरा जर्मन लगायतका देशमा पुष्टी भै सकेको छ । तसर्थ नेपालमा पनि यो अवस्था आउन सक्छ वा छ पनि होला ।
१२. हावाबाट आउने कोरोनावाट बच्ने उपाय के हो ?
निम्नानुसारको सावधानी अपनाएमा हावाबाट आउने कोरोनावाट बच्न सकिने संभावना हुन्छ ः
१. सकेसम्म जाडो महिनामा संक्रमण शुरु भयो भने घरवाट बाहिर नआउने ।
२. सकेसम्म माथिको तल्लामा बस्ने, किनभने यदि बाटोमा हिडेर वा गाडिबाट संक्रमित मान्छेहरू आएमा भाईरसको संख्या बढी तलको उच्चाईमा नै हुन्छ । जति माथि गयो त्यति भाईरसको घनत्व हावामा कम हुन्छ ।
३. सकेसम्म झ्याल पनि कम मात्र खोल्ने, तर कोठामा हावा कम गर्न दिन हुदैन । एक एक छिनमा झ्याल खोल्ने गर्नु पर्दछ ।
४. यदि घरवाट बाहिर जानै पर्ने भएमा ल् ढछ वा प्ल् ढछ वा ँँएद्द लेखेको मास्क लगाएर मात्र बाहिर जाने । अनि घर भित्र पुग्ना साथ सुरक्षित किसिमले मास्क फुकालेर सुरक्षित ठाउँमा राख्ने गर्नु पर्दछ ।
१३. मास्क भनेको के हो ?
०.३ माईक्रोन सम्मको पार्टिकललाई ९५ प्रतिशत ब्लक गरी मान्छेको फोक्सो भित्र जान नदिनको लागि ल्बतष्यलब क्ष्लकतष्तगतभ यच इअअगउबतष्यलब िकबाभतथ बलम ज्भबतिज ९ल्क्ष्इक्ज्० अमेरीकावाट मान्यता प्राप्त मास्कलाई ल् ढछ मास्क भनिन्छ, यसको बराबर भएको चिनको स्टाण्डर्ड पुगेको मास्कलाई प्ल् ढछ मास्क भनिन्छ, र ईयुको स्टाण्डर्ड पुगेको मास्कलाई एद्द मास्क भनिन्छ । भाईरसको साइज साधारणतया २० देखि ४०० नानोे मानिएको छ । मान्छेको केसको डायमिटर २०० माईक्रो वा २ लाख नानो हो । यति सम्मको वस्तु साधारण मास्क भित्र सजिलै जान सक्छ । वा यसमा २० नानोको एउटा भाईरस भित्र जानको लागि चाहिने भन्दा धेरै ठूलो प्वाल हुन्छ ।
मास्क सम्वन्धी थप जानकारी
ल् ढछ मास्क धेरै संवेदनशील वस्तु हो । जथाभावी मास्कलाई छुनु हुदैन, छुनै पर्ने भएमा पहिला हात साबुनले धुनु पर्दछ ।
ल् ढछ मास्कलाई कुनै पनि थप तरिकाले पत्याउने, धुने गर्न हुदैन । यसो गरेमा कपडा भित्र रहेको फिल्टर बिग्रने हुन्छ ।
मास्क लगाउँदा मास्कको वरपर हावा नचुहिने गरी अनुहारमा टप्प टाँसेको हुनु पर्दछ ।
जुंगा वा दारीले मास्क अनुहारमा राम्ररी टाँस्न गाह्रो हुन्छ ।
घरमा पुग्नासाथ मास्कलाई सुरक्षित तरिकाले फुकाल्ने र राख्ने गर्नु पर्दछ ।
मास्कलाई घाममा सुकाउदा सौर्य किरणले बाफ सुकाउने र किटाणु हटाउछ ।
लगातार ८ घण्टा भन्दा बढी मास्क लगाएमा अक्सिजन नपुगेर टाउको दुख्न सक्छ ।
पानीले मात्र भिजे पनि मास्क विग्रने संभावना हुन्छ ।
यदि ल् ढछ मास्कमा धबकजबदभि लेखिएको भएमा त्यस भित्र भाईरस फिल्टर निकाल्ने राख्ने निकाल्ने राख्ने सिष्टम हुन्छ । यसमा बाहिरको कभर मात्र धोइन्छ भने धोए पछि नयाँ फिल्टर राख्नु पर्दछ ।
हामी कहाँ आएको प्ल् ढछ मास्क धेरै पटकको प्रयोगको लागि बनाएको होइन । तर साबधानी पूर्वक प्रयोग गरीयो भने यसको आयु बढन सक्छ ।
१४. रोग लाग्न सक्छ भन्ने शंका निवारण कसरी गर्ने ?
तपाई बस, टेम्पो वा अन्य सार्वजनिक ठाउँमा जानु भयो, अनि त्यहाँ भेटेको वा संगै बसेको मान्छेले हाछ्यु गरेको वा खोकेको वा अन्य कारणले सो मान्छे कोरोनावाट संक्रमित छ र उक्त मान्छेवाट कोरोना सर्ने संभावना रहेको विचार आएमा निम्नानुसारको सावधानी अपनाई आफ्नो शंका निवारण गर्नुहोस् ।
शंका लागेको ब्यक्तीसंग छुटिनासाथ हात मुख साबुनले धुनु होस् ।
साबुन नपाएमा वा तपाई बाटोमा हिडिरहेको अवस्थामा यदि बाटोमा पाएमा तीतेपाती, असुरो, नीम वा चिराईतो जस्ता तीतो स्वाद आउने वनस्पतीको पातवाट हात धुनुहोला । यस्तो तीतो वस्तुले सानिटाईजरको काम गर्न सक्छ वा भाईरस मार्दछ ।
१५. संक्रमण कम गर्नको लागि भारतमा जोनिङ्गसंक्रमण कम गर्न र कोरोना संगै जीवनयापन चलाउन भारत सरकारले निम्नानुसारको जोनिङ्ग ब्यवस्था कायम गरेको छ ःरेड जोनमाः संक्रमणको हटस्पटहरू रेड जोनमा पर्दछ । ती स्थानमा खुल्ला हुने आई टि अफिस, स्वास्थ्य सम्वन्धी उपचार, संचार र प्रेसको अफिस, कोल्ड स्टोर, एकलो पसलहरू, रक्सी, गुटखा, पान आदिको एकलो पसलहरू । तर सबै ठाउँमा २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने ।अरेन्ज जोनः १४ दिन देखि नयाँ संक्रमण नभएको जिल्ला । रेड जोनमा खुल्ला गरिएको कामहरू, फसल कटान, सिमित यातायात खुल्ला हुने ।ग्रिन जोनः २१ दिन देखि नयाँ संक्रमण नभएको जिल्ला । रेड र अरेन्ज जोनमा खोलिएका सबै । साथै टाक्सिमा १ जना यात्रु मात्र, कार २ जना यात्रु सम्म, बस आधा सिट सम्ममा यात्रु जान पाउने, बाईक, कारखाना, कृषीको काम खुल्ला गरिएको छ । कार्यालयहरूमा आधा कर्मचारी बसेर काम गर्ने । एक्लो पसलमा एक पटकमा ५ जना सम्म जान पाउने । तर सबै ठाउँमा २ मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने ।
१६. लक डाउन भनेको के हो ?
शाब्दिक अर्थः पहिलाको सन्दर्भमा लक डाउनको शाब्दिक अर्थ सामाजमा विग्रह मचाउने गलत मानिसहरूलाई थप नराम्रो काम गर्ला भनेर चल्न नसक्ने गरी थुनेर राख्ने हो । वर्तमान सन्दर्भमा लक डाउनको पुरानो अर्थ भन्दा फरक छ । तर मकसद एउटै हो वा सम्पूर्ण समाजलाई गलत तत्ववाट हुने हानी नोक्सानीवाट जोगाउने वा संरक्षण गर्ने नै हो । यसको लागि सबै मानिसहरूलाई अरुको सम्पर्कमा आउन नपाउने गरी छुट्याउने नै हो । तर हामी कहाँ लक डाउनको समयमा पनि परिवारको सबै सदस्यहरू एकै ठाउँमा बस्ने र आपसमा धुलमिल हुने भएकोले हामी कहाँ लक डाउन परिवार स्तरमा मात्र सिमित छ । तसर्थ परिवारमा कोविड १९ वाट कुनै मान्छे विरामी भयो भने उक्त परिवारको सम्पूर्ण सदस्य विरामी हुन्छ भनेर मान्न सकिन्छ ।लक डाउनको फाइदाः लक डाउनमा मान्छेहरू आपसमा घुलमिल गरी नबसेपछि कोविड १९ को रोग लागेको मान्छेवाट रोग नलागेका वा अरु स्वस्थ्य मान्छेहरूमा यो रोग सर्न पाउदैन । अनि समाजका ठूलो भाग कोविड १९ वाट सुरक्षित हुन्छ । अनि रोगको प्रकोप सकिएपछि रोग नलागेकाहरू निश्चिन्त भई काममा फर्कन सक्छ ।यदि लक डाउन भएन भने यो रोग समाजमा एकले अर्कोलाई सर्दै जान्छ । यसरी रोग लामो अवधि सम्म समाज ब्याप्त हुदै जान्छ र समाजलाई ठूलो नोक्सानी हुन्छ । तर लक डाउनले गर्दा समाजमा काम नभएर समाजको न्युनतम आय भएका मानिसहरूलाई खानको समस्या परेको छ भने समाजको मध्यम वर्गलाई पनि निकै असर गरेको छ ।
१७. लक डाउनको अवधी कति ?
लक डाउनको अवधि प्रमुख दुई वटा कुरामा भर पर्दछ ।ः
१. जीउ भित्र गएको भाईरस संभावित विरामीको स्वाब टेष्टमा पोजिटिभ आउन लाग्ने समय वा क्लीनिकल्ली विरामी एकिन हुन लाग्ने समय । साधारणतया यो अवधी भाइरस लागेको मान्छेलाई नीजको सरीरमा रोग पैmलिन लाग्ने समय हो ।२. उपचार पछि क्लीनिकली निको हुन लाग्ने समय अर्थात पुन गरिने स्वाब टेष्टमा नेगेटिभ आउन लाग्ने समय । अर्थात यो रोग लागे पछि उपचारलाई लाग्ने समय हो । वा स्पष्ट तर नराम्रो शब्दमा भन्दा निको नभएको मान्छेको जीवनको अन्त हुन लाग्ने समय हो । यसमा रोग नीको हुने वा जुन समय बढी लाग्छ सोहि समय गणना गर्नु पर्दछ ।त्यसैले लक डाउनको समय रोग लाग्ने समय र निको हुन लाग्ने समयको जोड हो । तर लामो अवधीको लक डाउनले देश र समाजलाई निकै हानी गर्दछ । लक डाउनको मकसद पुरा भएन भने पनि यसले समाजलाई झन ठूलो हानी गर्दछ ।१८. लक डाउनको समय निश्चित गर्ने आधारनेपालको सन्दर्भमा लक डाउनको समय कति दिन वा हप्ता भनेर यकिन गर्न हामीसंग डाटा वा अनुभव छैन । तसर्थ भुटानमा रोग लागेको महिलाको सन्दर्भ लिन मलाई उचीत र विश्वसनीय लागेको छ । साथै निज पनि पहाडी मुलको मान्छे भएकोले निजलाई रोग लाग्ने समय चिनियाँ वा इटालियन मुलको मानिस भन्दा सिद्घान्तिक हिसाबले बढी मिल्न सक्छ । तसर्थ त्यहि समय हेरांै ।भुटानको दिदीलाई स्वाब टेष्टमा पहिला नेगेटिभ, एक हप्ता पछि नेगेटिभ, दुई हप्ता पछि नेगेटिभ भई तिन हप्ता पछिको चौथो टेष्टमा मात्र पोजिटिभ वा क्लीनिकल्ली रोग लागेको देखियो । अब क्लीनिकल्ली रोग लाग्ने समय ३ हप्ता मानौ ।दोश्रो कुरा भनेको लक डाउनको समय अनुमान गर्न एकजना मान्छेलाई कति दिनमा रोग निको हुन्छ थाहा पाउनु पर्ने हुन्छ । कति दिनमा रोग निको हुन्छ भन्ने कुरा पनि विरामी मान्छेको जेनेटिक आधार, इम्युनिटी क्षमता, नीजको फिजिकल र मानसिक अवस्था साथै मुख्य गरी उपचारको स्तरमा भर पर्दछ । अथवा यो पनि मान्छे मान्छेमा फरक हुन्छ र एउटै हुदैन । तसर्थ खास कुरा वास्तविकता हामीलाई थाहा छैन । तसर्थ अब मानौ निको हुन २ हप्ता लाग्छ ।
लकडाउनको समय अनुमानः
यस हिसाबले यदि रोग लाग्न ३ हप्ता र निको हुन २ हप्ता लाग्छ भने लक डाउनको लागि आवश्यक समय ५ हप्ता हो ।
नेपालमा १२ हप्ताको लक डाउन घोषणा गरी कार्यान्वयन भै सक्यो । यस्तो गर्न आवश्यक भएको कारण सबै मानिसलाई एकै पटक रोग नलाग्ने र संक्रमितहरूलाई निको हुने अवधि पनि फरक फरक भएकोले हो । अथवा ब्याबहारिक समस्या भनेको हजारौ मानिसलाई एकै पटक रोग लाग्दैन र एकै पटक निको हुदैन । यसमाथि पनि लक डाउनको समयमा मान्छेहरू एक ठाउँबाठ अर्कोमा सरिरहने र नेपालको सिमानामा हजारौ जनताको आगमनले गर्दा लक डाउनले आपेक्षित सफलता पाउन सकेन । अहिले २०७७ को भाद्र महिनामा पनि नेपाल भित्र कोरोना सरेको सरेकै छ । कोविड १९ रोग नयाँ भएकोले आवश्यक डाटाहरू पनि छैन । तर २००३ को सार्सको भाइरस र कोरोना सार्स २ को भाइरस उस्तै भएकोले सम्वन्धित निकायहरूले पनि २००३ सार्सको डाटा नै प्रयोग गर्ने भनेको देखिन्छ, जुन वास्तविकतामा नमिल्न पनि सक्छ ।
१९. कोविड १९ भाईरस संक्रमणको तथ्यांकिय विश्लेषणः ल्गिि खक बतिभचलबतभ जथउयतजभकष्क
मेरो हाईपोथेसिसः वुहानमा कोभिड १९ अति उग्ररुपले सर्यो । यस्तो अवस्था आउँदा त्यहाँ डिसेम्बर महिना थियो । त्यसवेला वुहानका् सरदर मासिक तापक्रम (एभरेज मन्थलि टेम्परेचर) न्युनतम २ डिग्री सेन्टिगे्रड र अधिकतम ११ डिग्री सेन्टिगे्रड थियो ।पहिलो कुरा अब मलाई र यो हाईपोथेसिसमा जानेहरूलाई एउटा कुराको निश्चित रुपमा थाहा भयो कि यो भाईरसको भाईविलिटि अधिकतम हुने तामक्रम २ देखि ११ हो । यति तापक्रममा यो भाईरसको भाईविलिटि हावामा पनि अधिक हुन्छ र यसले हावा मार्पmत अधिकतम मान्छेलाई एकै समयमा संक्रमण गर्दछ, जस्तै मिलानको फुटवल स्टेडियमको घटना ।दोश्रो कुरा भनेको चाल्स डार्विन देखि हाल सम्मको ईकोलिजिष्टहरूको बुझाई हो एउटै जीव पृथ्वीको सबै ठाउँमा त्यहि स्तरमा बलियो हुन सक्दैन । जस्तै बंगाल टाईगर हामी कहाँ बलियो छ । अन्तको वातावरणमा बंगाल टाईगर बलियो नभएर प्रकृतिमा यसले अनेकौ स्वरुप बनाए, जस्तै जाभन टाईगर, सुमात्रान टाईगर, साइबेरियन टाईगर, मन्चुरियन टाईगर आदि ।तेश्रो कुरा एउटै जीव पृथ्वीको सबै ठाउँमा अति बलियो भयो भने उसले एक छत्र राज चलाउँछ । जस्तै एक समय पृथ्वीमा खालिडाईलोसरहरूको राज थियो । यसरी एउटै जीवले एकछत्र राज चलाउने भनेको प्रकृतिको सिद्घान्त विपरित हो । तसर्थ डाइनोसर पृथ्वीवाट लोप भयो । यसको कारणमा एक पक्ष पृथ्वीमा मेटोरेट आएर हानियो र केहि समयको लागि संम्पूर्ण पृथ्वीमा आगो लाग्यो अनि डाइनोसरहरू निर्मुल भए भन्छन् । तर एक पक्ष ती डाइनोसरहरूलाई हालको जस्तो भाइरस रोग लागेर सबै मर्यो भन्छन् ।चौथो कुरा भनेको अहिले पृथ्वीमा मान्छेको राज छ । तर पृथ्वीलाई माया गर्ने वा जैविक विविधतामा विश्वास गर्ने धेरै छ भन्ने नै हो । हाल सम्ममा सबै मान्छे प्रकृति विरुद्घमा त्यहि रुपले उग्र छैन । हामी लगायतका धेरैले प्रकृतिलाई माया गर्छन् ।
पाचौ कुरा
यी सबैे अध्ययनको आधारमा मेरो हाइपोथेसिस बनेको छ । यो हाईपोथेसिसमा विश्वमा अहिले हजारौ विज्ञहरूले अध्ययन गरिरहेका छन् । ती वैज्ञानिकहरूको भनाई हो कोविड १९ ले उग्र रुप लिने भनेको वुहानको डिसेम्बरको तापक्रम मात्र हो ।यो विश्वास विपरितको हाईपोथेसिस हो भाईरस उग्र रुपमा सर्न खास तापक्रम चाहिदैन । यो भाईरस जुनै पनि तापक्रममा बराबर रुपले बलियो वा उग्र हुन सक्छ ।हाल सम्ममा यी दुबै पक्षका वैज्ञानिकहरूसंग आ आफ्नो हाइपोथेसिसलाई चाहिने जति प्रमाण छैन । सबै प्रमाण जुटाउन मरेर लागेको छ ।विभिन्न देशको वातावरणीय क्षेत्र तथा कोरोनावाट मार्च ६, २०२० अर्थात आज सम्ममा मृत्यु हुनेहरूको संख्या निम्नानुसार छः
चिनः जनसंख्याः १४३८ मिलियन, जम्मा मृत्युः ४६३४, प्रति दश लाख मृत्यु संख्याः ३.२२
टेम्परेट देशहरूको जनसंख्या, मृत्यु र मृत्यु दरः
अमेरिकाः जनसंख्याः ३३०.५ मिलियन, जम्मा मृत्युः १८३,६५३, प्रति दश लाख मृत्यु संख्याः ५५४
ईटालिः जनसंख्याः ६० मिलियन, जम्मा मृत्युः ३५४५८, प्रति दश लाख मृत्यु संख्याः ५८७
स्पेनः जनसंख्याः ४६.७ मिलियन, जम्मा मृत्युः २८९७१, प्रति दश लाख मृत्यु संख्याः ६२०
फ्रान्सः जनसंख्याः ६५.२ मिलियन, जम्मा मृत्युः ३०५४४, प्रति दश लाख मृत्यु संख्याः ४६८
संयुक्त अधिराज्यः जनसंख्याः ६७.८ मिलियन, जम्मा मृत्युः ४१४६५, प्रति दश लाख मृत्यु संख्याः ६१०
बेलजियमः जनसंख्याः ११.५ मिलियन, जम्मा मृत्युः ९८७९, प्रति दश लाख मृत्यु संख्याः ८५२
जर्मनः जनसंख्याः ८३.७ मिलियन, जम्मा मृत्युः ९३५२, प्रति दश लाख मृत्यु संख्याः ११२
दक्षिण एसियाका देशहरूको जनसंख्या, मृत्यु र मृत्यु दरः
भारतः जनसंख्याः १३७६.८ मिलियन, जम्मा मृत्युः ६०६२९, प्रति दश लाख मृत्यु संख्याः ४४ पाकिस्तानः जनसंख्याः २१९.८ मिलियन, जम्मा मृत्युः ६२७४, प्रति दश लाख मृत्यु संख्याः २८ बंगलादेशः जनसंख्याः १६४.३ मिलियन, जम्मा मृत्युः ४०८२, प्रति दश लाख मृत्यु संख्याः २५
श्रीलंकाः जनसंख्याः २१.४ मिलियन, जम्मा मृत्युः १२, प्रति दश लाख मृत्यु संख्याः ०.६ वा एक भन्दा कम
नेपालः जनसंख्याः २९ मिलियन, जम्मा मृत्युः १७५, प्रति दश लाख मृत्यु संख्याः ६
ट्रोपिलकल देशहरूको जनसंख्या, मृत्यु र मृत्यु दरः
थाईल्याण्डः जनसंख्याः ६९.७ मिलियन, जम्मा मृत्युः ५८, प्रति दश लाख मृत्यु संख्याः ०.८ वा एक भन्दा कम
सिंगापुरः जनसंख्याः ५.८ मिलियन, जम्मा मृत्युः २७, प्रति दश लाख मृत्यु संख्याः ५
मलेसियाः जनसंख्याः ३३.७ मिलियन, जम्मा मृत्युः १२५, प्रति दश लाख मृत्यु संख्याः ४
ईन्डोनेसियाः जनसंख्याः २७२.८ मिलियन, जम्मा मृत्युः ६९४४, प्रति दश लाख मृत्यु संख्याः २५
नोटः यहाँ जनसाधारणलाई बुझ्न गाह्रो हुने भएकोले तथ्यांकिय विश्लेषणको भाग हटाएर अन्तमा राखिएको छ ।
अध्ययनको निश्कर्षः
यो अध्ययनवाट देखाउँछ कि कोरोनावाट मृत्यु हुनेहरूको संख्या वातावरणीय क्षेत्र अनुसार फरक छ । त्यसैले कोरोनाको प्रभाव तापक्रम अनुसार फरक छ, यो अध्ययनको नतिजा अनुसूची २ मा दिईएको छ । गफ मात्र नगर्नुहोस, तथ्याँकिय अध्ययन विश्लेषण गर्नु होस । त्यसैले धेरै हदसम्म नेपालमा कोरोनाको खतरा हाललाई कम छ । अरुहरूको हा हा मा लागेर आफ्नो निन्द्रा खराब नगर्नुहोस ।
२०. के सबै भाइरस नराम्रो हो ?
अहिले कोरोना भाईरसले लाखांै मानिस संक्रमित छ भने हजारौको ज्यान लिने कारण भएको छ । आज वा २७ ब्गनगकत, २०२० सम्ममा यो भाईरसले विश्वमा २४३३६२८७ जना मान्छे संक्रमित भएको र ८२९६८३ जना अर्थात करिब करिब ३.४ प्रतिशत मानिसहरूको निधन भएको जानकारी दिईएको छ । नेपालमा आजको दिन सम्म ३४४१८ जना विरामी संक्रमित भएको तथा १७५ जनाको निधन भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । ९क्यगचअभस् जततउकस्ररधधध।धयचमियmभतभचक।ष्लायरअयचयलबखष्चगकर०
यसका थप कारण विश्वमा विगतमा माहामारीको रुप लिएको स्पेनिस फ्लु, इबोला, स्वाईन फ्लु, बिफर आदिको कारण पनि भाईरस नै थियो । नेपालमा पनि हिजोका दिनमा विफर, दादुरा, ठेउला आदि जस्ता रोग भाईरसका कारणले हुने भएकोले भाईरस शब्द निकै नकारात्मक नै हो । त्यसैले हाम्रो बिचमा कुनै नकारात्मक वा अरुलाई विगार्ने मान्छे समुहमा आउन लाग्यो भने टाढैवाट उसले नसुन्ने गरी भाईरस आयो भन्ने चलन पनि छ ।अब विचार गरौं कि भाईरसको लागि यो नकारात्मक शब्दको प्रयोग ठिक हो त ? अवश्य पनि होइन ।त्यसैले एक पक्षिय वैज्ञानिकरूले हिजोका दिन वा वर्षौ अघिदेखि भाईरसलाई सकारात्मक दृष्टिले पनि हेरेको छ । भाईरस किन मान्छेको लागि राम्रो भन्नेमा उनीहरूको मुख्य तया ३ किसिमको दावी छ ।
१.खरबौ भाईरस हाम्रो शरीरको अति जटील संरचना भित्र मान्छेको शरीरसंग मित्रता कायम गरी सह अस्तित्वमा हजारौ वर्ष देखि मिलेर बसेको छ । यी भाईरसहरू हाम्रो शरीरमा भएको असिमित बाक्टेरीयासंग मिलेर बसेको छ । त्यसैले मान्छेको स्वास्थ्य राम्रो हुन भाईरस र मानिसको सम्वन्ध राम्रो हुन आवश्यक छ । ती विज्ञहरू तर्क छ कि भाईरस विना मान्छेको जीवन संभवै छैन ।
२. अर्को एउटा कारण र प्रमाण भनेको विश्वका धेरै देशमा गरिएको अनुसन्धानको नतिजा हो । वैज्ञानिकहरूले स्वीडेन, जर्मन, जापान, चीन आदि देशमा सिजरिङ्ग गरेर जन्मिएका शिशुहरू र नर्मल डेलिभरीवाट जन्मेको शिशुहरूमा अनुसन्धान गरेर एउटा निष्कर्स निकालेको छ । उक्त निष्कर्सले भन्छ कि सिजरिङ्ग मार्पmत जन्मेको बच्चाहरूमा नर्मल डेलिभरी भएका बच्चाहरूमा भन्दा एजमा ९बकतजmब० को जोखिम निकै बढी हुन्छ र छ । उनीहरूको भनाई छ प्राकृतिक बाटोवाट बच्चा नजन्मिदा आमाको पेटमा भएको सबै राम्रो भाईरसहरू बच्चामा सर्न पाउदैन, खासगरी एजमाको बाक्टेरीयालाई हानी गर्ने भाईरसहरू सिजरिङ्ग गरेर निकालिएका बच्चाहरूको शरीरमा हुदैन । तर पुर्ण प्राकृतिक तरिकावाट वा विना अपरेशन जन्मिएका शिशुहरूको शरीरमा आमाको शरीरमा भएका अधिकाँश भाईरसहरू सर्दछन, जसमा एजमाको वाक्टेरीयालाई हानी गर्ने भाईरसहरू पनि पर्दछन । तसर्थ भाईरस मान्छेको लागि राम्रो पनि हो । यसमा आवश्यक मात्रामा अनुसन्धान भएको छैन । तर भाईरसले गर्दा एजमा रोग कम गर्छ भन्नेमा सबै विज्ञ सहमत छैन । सहमत नहुनेहरू सिजरिङ्ग गरेर शिशु जन्माएको अवस्थामा आमाको दूध तुरुन्त ख्वाउन नसक्ने भएकोले यस्तो समस्या आएको र यसकै परिणाम पछि सम्म देखिएको भन्छन । तसर्थ बढी भन्दा बढी भाईरसका प्रजातिलाई चिन्न र राम्रो भाईरसको वारेमा धेरै अनुसन्धान आवश्यक छ । यसको ठिक उल्टो आज सम्मको भाईरस अनुसन्धान नकारात्मक भाईरसमा केन्द्रित छ ।
३. एक थरी वैज्ञानिकहरू अब ब्याक्टेरियल रोगको उपचार एन्टिबायोटिकवाट गर्नमा भन्दा दबअतभचष्यउजबनभ प्रयोग गरी उपचार गर्ने अनुसन्धान बढाउनु पर्दछ भन्दछन । द्यबअतभचष्यउजबनभ भनेको मानिसलाई संक्रमण गर्न सक्ने खराब ब्याक्टेरियालाई संक्रमण गरी मार्न सक्ने भाईरसहरू हुन् । उनीहरूको तर्क छ सेप्रोफ्लोकजासिन वा अन्य एन्टिबायोटिक प्रयोग गर्दा डब्लुविसि बढी सक्रिय भएर रोगको ब्याक्टेरियाका साथै डब्लुबिसिको सम्पर्कमा आएका काम लाग्ने अरु ब्याक्टेरियासमेत मार्दै जान्छन, जुन विरामीको लागि राम्रो होइन । साथै हाल धेरै विरामीहरूलाई एन्टिबायोटिकको रेजिस्टेन्स र एलर्जि पनि देखिएको छ, ती विरामीहरूलाई एन्टिबायोटिक प्रयोग गर्न मिल्दैन वा सकिंदैन । तसर्थ भोलिको बाटो भनेको ब्याक्टेरियाको लागि भाईरसको प्रयोग नै मुख्य हो । यो नै भोलिका दिनमा मेडिकल अनुसन्धानको मुख्य विषय हुनु पर्दछ ।संक्षेपमा भन्दा भाईरस राम्रो हो भन्ने वहाँहरूको तर्क हो । यसको लागि विकसित देशहरूले माईक्रोबाईलोजिकल अनुसन्धानलाई बढी प्राथमिकता दिइनु पदर्छ र दिइ रहेको पनि छ । यसैले भोलिको दिनमा भाईरसको नाम नकारात्मक वा हानी कारक भन्दा सकारात्मक वा राम्रो भनेर चिनिन पर्दछ वा चिनिन्छ भन्ने एकथरी विज्ञहरू तर्क छ । उनीहरू भन्दछन “जय भाईरस !”
२१. डब्लुएचओ भनेको के हो ?
मानब स्वास्थ्यको संरक्षण गरी रोगहरूबाट असमयमा हुने मुत्यु दर कम गर्न विश्वब्यापी जिम्मेवारी पाएको संस्था डब्लुएचओ हो । यसले कोरोनावाट बच्न विश्वका देशहरूलाई सहयोग तथा सल्लाह दिने गर्दछ । तर हालको कोरोना सार्स २ भाईरस वा कोविड १९ रोग नयाँ भएकोले अनुसन्धान नतिजाको कमीको कारण डब्लुएचओले पनि विश्वका सरकारहरूलाई खासै राम्रो सल्लाह दिन सकेको छैन ।
सुचनाको उपलब्धता अनुसार डब्लुएचओले पनि आफ्नो भनाई परिमार्जन गर्दै आएको छ । जस्तै शुरुमा डब्लुएचओले यो भाईरस मान्छेवाट मान्छेमा सर्ने यकिन नभएको भनेको थियो, तर पछि मान्छेवाट मान्छेमा सर्दै गयो । महामारीको शुरुमा अमेरिकी सरकारले डब्लुएचओलाई के यो भाईरस मान्छेवाट मान्छेमा सर्छ र ? भन्ने प्रश्न गरेको थियो । त्यस बेला सम्म कोरोना भाईरस चीनमा ब्यापक रुपमा पैmलिए पनि अरु देशमा खासै पैmलिएको थिएन । त्यस प्रश्नको जवाफमा डब्लुएचओले थाहा छैन भन्नु पथ्र्यो तर “हाल सम्म मान्छेबाट मान्छेलाई सरेको प्रमाण नभेटिएको” भनेको थियो । यसको अर्थ अमेरीकी सरकारले “मान्छेवाट मान्छेमा” सर्दैन भन्ने लगायो । तसर्थ अमेरीकीहरू बुहानमा जाने र चिनियाँहरू अमेरीका आउने काममा रोकटोक भएन । यहि कारणले पनि धेरै अमेरिकीहरूलाई कोरोना सर्यो भन्ने एक पक्षको दावी छ यस्तै डब्लुएचओले हावाबाट भाईरस सर्ने प्रमाण नभएको भनेको थियो, तर युरोप, अमेरिका र रुसका विज्ञहरूले सामाजिक दुरी कायम गर्दा गर्दै पनि लाखौ मानिसहरूलाई यो रोग लागेको कारणले हावाबाट नै यो भाईरस रोग सरेको विश्वास गर्दछन् । यस्तै पिसिआर टेष्ट हालको कोरोना आउन अगाडि नै बिकास गरिएको टेष्ट हो । तसर्थ यो टेष्ट कोरोना सार्स २ को लागि मात्र होइन हाल विश्वमा रहेको ७ वटै कोरोना संक्रमणबाट पोजिटिभ हुने विज्ञहरूको दावी छ , तर डब्लुएचओले यो विषयमा पनि हाल सम्म केहि पनि भनेको छैन । हाल विश्वमा ७ वटा कोरोना देखि सकेको तर कुन मानिसलाई कुन कोरोना लागेको भन्ने यकिन हुन नसकेकोले क्लोरो क्वीनबाट उपचार, रेन्डीसेभिर एन्टि भाईरल मेडिसिनबाट उपचार, प्लाज्मा थेरापीबाट उपचार र अन्य उपचार पद्दति माथि नै प्रश्न उठेको छ । चीनमा कोरोना लागि सकेकालाई पनि फेरी पिसिआर टेष्ट पोजिटिभ भयो भन्ने समाचार पनि संचार माध्यममा आएको छ । यीनै कारणहरूले गर्दा विश्वका स्वास्थ्य सेवाका अधिकारीहरूलाई कोरोनाको उपचार अति नै टाउको दुखाईको विषय भएको छ ।
२२. भ्याक्सिन भनेको भाईरस नै हो ? त्यसैले जडिबुटिबाट भ्याक्सिन बन्दैन ।
नोबेल कोरोनाको भ्याक्सिन बनाउने मुख्य आधार यहि भाईरस नै हो । भ्याक्सिन बनाउन यहि भाईरसलाई मिडियममा कल्चर र डिएनए सिक्वेन्सिङ्ग गरेर हुर्काउदै जेनेरेसन परिवर्तन गरेर अन्तमा यहि भाईरसलाई अति कमजोर स्वरुपमा उत्पादन गरिन्छ । यो अति कमजोर भाईरस नै भ्याक्सिन हो । जब कमजोर भाईरस हाम्रो शरीर भित्र जान्छ वा पठाईन्छ । यसले हामीलाई रोग लाग्दैन, किनभने यसलाई अति कमजोर स्वरुपमा उत्पादन गरिएको छ । यसको फाइदा वा भाक्सिनको फाइदा भनेको भ्याक्सिनको कारणले भ्याक्सिनबाट हाम्रो शरीरमा गएको भाईरसले हाम्रो शरीरमा क्षती पुर्याउन खोज्छ तर यसको कमजोर स्वरुपले गर्दा सक्दैन । यो भ्याक्सिनको भाईरस हाम्रो शरीरमा प्रवेश गरी त्यसले क्षति पुर्याउन कोसिस गरी सकेकोले हाम्रो इम्युन सिष्टमले त्यो भाईरसलाई हाम्रो शरीरको लागि खतरनाक भनेर चिनि सकेको हुन्छ । जब हामी कुनै मान्छेलाई चोर भनेर चिन्छौ हामी उसलाई हाम्रो घरको ढोका खोल्दैनौ । ठिक त्यसरी नै हाम्रो ईम्युन सिष्टमले त्यो खराब भाईरसलाई चिनी सकेको भएर ढोका खोल्दैन । परिणाम स्वरुप त्यो भाईरस हाम्रो शरीर भित्र गए पनि हाम्रो शरीरको सेल बाहिरै मात्र बस्छ वा भित्र गएर क्षती गर्न पाउदैन र केहि समयमा मर्छ । यसरी भ्याक्सिन लिए पछि हामी सुरक्षित हुन्छौ तसर्थ, भाक्सिन बनाउन भाईरस नै मुख्य साधन हो । रुसले यसै महिना अगस्ट ११ मा कोरोना भाइरस विरुद्धको भ्याक्सिन पहिलोपटक दर्ता गरेको दावी गरेको थियो। ठुलो मात्रामा अन्तिम चरणका क्लिनिकल ट्रायल गर्नुअघि र रिसर्च डाटा सार्वजनिक नगरिकनै भ्याक्सिन दर्ता गरेकोमा रुसको आलोचना पनि भइरहेको छ। हुन पनि भ्याक्सिन विकास गर्नुभन्दा महत्वपूर्ण कुरा त्यस भ्याक्सिन सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित गर्नु हो।विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर करीब १२ वटा विभिन्न कम्पनीहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन वा खोप विकास गर्नेक्रममा क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगिसकेका छन्, जसमध्ये ३ कम्पनी चीनका छन् भने अमेरिका र बेलायतका एक(एक कम्पनी र एक कम्पनी जर्मनी र अमेरिकाको साझेदारीमा संचालित छ ।यसबाट विश्वका ठुला शक्ती राष्ट्रहरुबीच कोरोना भ्याक्सिन कस्ले पहिले निकाल्ने भनेर तीव्र प्रतिष्पर्धा भइरहेको बुझ्न सकिन्छ। यसलाई शक्ती राष्ट्रहरुले प्रतिष्ठाको लडाई बनाएका छन् भन्दा अतियुक्ती नहोला।
प्रकृतिले बनाएको बिफरको भ्याक्सिन
उ बेला संसारमा बिफरले धेरै मान्छे मार्थे । बिफर लागेर बाँचेकाहरूको अनुहार पनि बिफरको दागले गर्दा नराम्रो हुन्थे । जब कि सोहि समयमा गाई चराउने गोठालाहरू र दुध बेच्ने ग्वालाहरूलाई बिफर लाग्दैन थियो । यसले गर्दा उनीहरू धेरै सुन्दर हुन्थे । ग्वालीहरू सौन्दर्यको बयान गरिएको लोक कथा युरोपमा धेरै छन् ।डा. एडवार्ड जेनर बेलायतमा जन्मेका थिए । उनले सानैमा आफ्ना बुबाको साथमा अमेरीका सरे । पछि फर्माकोलोजी पढ्न केहि समयको लागि बेलायत आए । बेलायतबाट फर्के पछि उनको प्रमुख काम बिफरको औषधी बनाउने थियो, किनभने उक्त समयमा संसारमा बिफरले धेरै मान्छे मार्दै थिए । एक दिन उनी गाउँमा धुम्दै थिए । त्यहाँ उनले गोठालाहरू र ग्वालिहरूसंग विफर रोग बारे केहि छलफल गर्दै थिए । त्यसबेला एक जना ग्वालीले डा. जेनरलाई भने कि आफुहरूलाई बिफरको औषधी नचाहिने र भगवानले नै बिफर नलाग्ने गरी पठाएको भने । यो कुरा उनलाई निकै घत लाग्यो र अध्ययनको विषय बनाए । यहि कुरा सुनेर उनले काउपक्सको खटिरालाई भ्याक्सिनको रुपमा बिकास गरे, जुन सफल पनि भयो । यसको विस्तृत जानकारी पछाडि दिइएको छ ।
२३. कोरोना भाईरस प्रकृतिकै स्थायी बासी हुने संभावनाः
कोरोना भाईरसलाई अब यो पृथ्वाबाट निर्मुल गर्न प्राय असम्भव छ । अब भाईरस संग लडन हामी तयार हुनु पर्दछ ।कोरोना सार्स २ वुहानवाट युरोप, अमेरिका, रुस, ब्राजिल, भारत आदि देशमा पुग्यो र यसले हरेक देशमा हजारौ मानिसहरू मरे । अनि त्यहाँवाट आएका र गएका मानिसहरूवाट यो भाईरस विश्व भर पुगी सक्यो । अब यो भाईरसलाई विश्वको हरेक कुनावाट स्टेरेलाइज गरेर मार्न प्राय असम्भव छ । अर्थात यो भाईरसलाई निर्मुल गर्न सकिदैन । यसमाथि पनि यो भाईरस त्यहाँ कुक्कुर, विरालो, बाघ समेत आदि जनावरलाई सरेको पुष्टि भै सकेको छ ।मान्छेलाई त आईसोलेसनमा राखेर स्टेराईल नभए सम्म थुनेर राखिएला । तर के कुकुर बिरालोलाई पनि आईसोलेसनमा राख्न सकिन्छ ? हाल सम्ममा पक्कै पनि यो भाईरस घरको विरालोवाट जंगली बिरालो र बिरालो प्रजातिका अन्य जनावरहरूलाई सरी सक्यो वा सर्दै छ । हामीले अब भाईरस लागेको सबै जनावरलाई आईसोलेसनमा राख्न असंभव छ । तसर्थ यो भाईरस अब जंगलको एक कुनावाट नजिकको गाउँमा बस्ने मान्छेहरूमा भोलिका दिनमा आउने संभावना अत्यन्त प्रवल छ ।यसको अर्थ हामी सबैलाई यो भाईरस सर्ने संभावना छ । अहिले यो भाईरस एडस जस्तै सर्छ, अर्थात नाकवाट नाकमा सर्छ । जसको लागि बाहिरी तापक्रमको मतलब हुदैन । तर बुहानको जस्तो तापक्रम अर्थात २ देखि ११ डिग्री सेन्टिगे्रडमा यो भाईरसको हावामा भायबिलिटि बढी हुन्छ, अनि यसले मास संक्रमण गर्दछ । अब यो भाईरस एकदिन हामी सबैलाई लाग्छ । प्रश्न यति मात्र हो कि कहिले ?
२४. जैविक विविधता संरक्षणको पक्षवाट कोरोना
कोरोना भाईरस बुहान, युरोप र अमेरिकाको कुना कुनामा ब्याप्त भै सक्यो । अब यो भाईरसले पृथ्वीमा आफ्नो बास कायम गरिसक्यो । तसर्थ अब यो भाईरसले कुनै समयमा सबै मान्छेलाई लाग्ने वा सर्ने अवश्यंभावी छ । एक पटक हाम्रो शरीरमा यो रोग लागे पछि फेरी लाग्दैन भन्ने विश्वास गरिएको भएतापनि हङकङमा एक ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको पुनस् संक्रमण देखिएको छ। उक्त व्यक्तिमा गत मार्च महिनाको अन्तिम तिर कोरोना पोजेटिभ पुष्टी भ ई निको भएकोमा फेरि अगष्ट महिनामा पुनस् संक्रमण देखिएको हो। यो रोग चाँडै लाग्यो भने औषधी नभएका कारण चाँडै रोग लागेका मानीसहरू संक्रमणले दुःख पाउछ । तर यो रोग लागे पनि मरी हाल्ने संभावना चाही निकै कम छ । यदि पछि मात्र वा खोप पछि मात्र यो रोग लाग्यो भने ती मान्छेहरू भाग्यमानी हुन, किनभने खोप गरेकोहरूलाई कमजोर भाईरसको कारण संक्रमणले उग्र रुप लिदैन । खोपको माध्यमवाट नभैकन रोगको माध्यमवाट यो भाइरस हाम्रो शरीर भित्र आयो भने कसैको मृत्युवरण सम्म भएर कोरोनाको नतिजा अति दुःखद पनि हुन सक्छ ।तर अहिले कोरोना भाईरस पनि पृथ्वीको एउटा अंश भै सक्यो । अब यसको लागि दुईवटा विकल्प छ, कि त यो भाईरस निर्मुल हुनु पर्यो जुन प्राय असंभव भै सक्यो । वा यो भाईरस अब मानिससंग मिलेर सह अस्तित्वमा बस्नु पर्यो । सह अस्तित्वको लागि यो भाईरसले मान्छे नमारीकन वा मान्छेको लागि उग्र नभैकन रहनु पर्यो । यसको लागि यो भाईरसले आफ्नो स्वरुप वा स्टेन परिवर्तन गरेर मान्छेलाई खतरनाक नभैकन मान्छेसंग मिलेर बस्नु पर्यो । शायद अहिले आएर विफर र स्पेनिश फ्लुको खतरनाक भाईरस अहिले सह अस्तित्वमा वा चुप लागेर वा मान्छेलाई हानी नगरी बसेको छ । यो नै जैविक विविधता वा सह अस्तित्वको सिद्घान्त हो । कसलाई थाहा भोलि यहि भाईरस मान्छेलाई लाग्ने कडा बाक्टेरीया रोगको औषधी वा वाक्टेरियोफिन्ज हुन्छ कि । संरक्षणको दीर्घकालिन फाइदा पनि हरेक जीवको सदुपयोग नै हो । जैविक विविधता संरक्षण भनेको पनि भाईरस समेतको संरक्षण हो ।
२५. कोरोनामुक्त निकुन्ज बनाउने वन्यजन्तु ब्यवस्थापन
युरोप र अमेरिकामा कोरोना भाईरस घर पालुवा कुक्कुर, विरालो देखि चिडियाखानाको बाघलाई समेतलाई कोराना भाईरस सरिसकेको छ । यसको अर्थ त्यहाँ भएको जंगलि विरालो तथा अन्य जनावरहरूलाई पनि कोरोनाको भाईरस सरीसकेको वा सर्न लागेको छ । अब त्यहाँ जंगली जनावरलाई कोरोना मुक्त गर्ने एउटा अति जरुरी, महत्वपूर्ण तथा संवेदनशील चुनौति थपिएको छ, किनभने जनावरहरूलाई मान्छेलाई जस्तो निर्देशन दिएर वा कानून लगाएर क्वारेन्टाइनमा राख्न सकिदैन । हाल नेपालमा पनि कोरोनाका केहि विरामीहरू गाउँ गाउँमा आईसोलेसनमा बसेका छन् । यस अर्थमा नेपालमा पनि घरेलु कुकुर विरालो आदिलाई यो संक्रमण हुनको साथै जंगली जनावरहरूलाई पनि यो रोग लाग्न सक्नेछ ।यस्तो संक्रमणवाट हाम्रो जंगलमा भएका वन्यजन्तु तथा हामी र हाम्रो समाज बच्न अति आवश्यक छ । तसर्थ नेपाल सरकारले राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु आरक्षहरूमा भएका जनावरहरूमा पनि संक्रमण नरेहेको सुनिश्चित गरिनु पर्दछ । यसको लागि आगामी २ वर्ष हाम्रा वन्यजन्तु संरक्षणका कार्यक्रमहरू पनि कोरोना मुक्त वन्यजन्तु ब्यवस्थापनमा जोड दिइनु पर्दछ । जसले गर्दा आगामी दिनहरूमा जंगली जनावरहरूवाट मान्छेहरूमा कोरोना नसरेको यकिन गर्न पाईयोस् । तसर्थ आगामी २ वर्षको लागि कोरोना मुक्त वन्यजन्तु ब्यवस्थापनको नयाँ वा थप कार्यक्रमहरू संचालन गरी जंगली जनावरवाट मान्छेहरूलाई कोरोना भाईरस वा यो रोग नसरेको यकिन गरीयोस् । यसले गर्दा जनावरवाट संक्रमण हुने संभावना निकै कम हुन जानेछ । यसवाट अवश्य पनि सकारात्मक तथा सुरक्षित नतिजा आउने आशा गर्न सकिन्छ ।
२६. कोरोनाको समयमा देखिएका केहि समस्याहरू
१. आज भोलि धेरै मिडियामा जन चेतनाको लागि कोरोनो विरुद्घ अभियान भनेर भिजुएल वा अडियो स्पट सुनाईन्छ । यो अति खुशीको कुरा हो । तर ती मध्ये धेरै मिडियामा गलत सन्देश पनि सुनाईन्छ वा देखाईन्छ । नेपाल सरकार तथा डब्लु.एच.ओ. को वेभ साइटमा १००.४ डिग्री एफ भन्दा बढी तापक्रम भएमा तपाईलाई कोरोना हुन सक्छ भनी भन्छ । तर जन चेतनाको सन्देश प्रसारण भएको करिब महिना दिन पछि पनि हाम्रा नेपाली संचार माध्यमहरूमा १०४ डिग्री एफ भन्दा बढी तापक्रम भयो भने तपाईलाई कोरोना हुन सक्छ भनी भनिन्छ । महिनौ सम्म पनि केहि टिभि च्यानलमा यस्तो गलत सन्देश आई नै रह्यो । यस्तो गलत सन्देश जनताले महिनौ सुने पछि त्यहि कुरा ठिक भनेर समयमा अस्पताल गएन भने विरामिको ज्यान पनि जान सक्छ । किनभने १०४ र १००.४ डिग्रीको फरक वा ३.६ डिग्रीको फरक भनेको मान्छेको शरीरलाई निकै ठुलो फरक हो । किनभने यदि विरामीहरूले घरमा १०४ सम्म जोर आएको छैन भनेर जोरलाई पर्खि बस्दा १०५ वा १०६ जोर पुग्यो भने कुनै मान्छेको मृत्यु हुन पनि बेर छैन ।
२. वुहानमा महामारी चल्दा सबैको चाखको विषय भयो । नेपाल र भारतको संचार माध्यममा यो भाईरस आयो भने हावामा पनि ब्याप्त हुन्छ, स्टील वा ढोकाको हाण्डलमा १ दिन सम्म बाँच्छ रहन्छ । कपडामा ४ घण्टा सम्म बाँच्छ आदि पढे । दुधको प्लास्टिक पोका र न्युज पेपरवाट यो भाईरस हरेक घर भित्र जान सक्छ, यस्ता भाईरस हुन सक्ने ायmष्तभ लाई सावधानी पूर्वक मात्र हेर्नु पर्दछ, आदि आदि । यसै विच ईटालीमा भएको एउटै फुटवल खेलले एक लाख ईटाली र स्पेनका नागरिकलाई संक्रमण भयो भन्ने पनि समाचार पढे । साथै फ्लु भाईरस थुक वा एरोसोलको रुपमा हावामा तैरिएर टाढा सम्म पनि जान सक्छ भन्ने वैज्ञानिहरूको लेख पढे । तसर्थ मलाई यो नेपालको लागि पनि अति नै ठूलो समस्या वा खतरनाक जस्तो लाग्यो ।३. बाहिरको देशवाट आएकाहरू हजारौ क्वारेन्टाइनमा बसी राखेको छ । तर धेरै जिल्लामा लहरै मानिस सुति रहेको छ र अन्य समस्याहरू पनि छ, तसर्थ अनुपयुक्त क्वारेन्टाइनमा यथासिघ्र सुधार गर्न अति आवश्यक छ ।४. कोरोनाको लक डाउनको समयमा क्वारेन्टाईनमा राखिएकाहरूले पनि नैतिक रुपमा धेरै पश्न उठाएको छ, जस्तैः भुईचालोमा जस्तै लहरै सुताउदा झन संक्रमण बढेको, उपचार, औषधी, खाना, पानी राम्रो नपाएको, आदि ।५. आयुर्वेदिक औषधीमा इम्युनिटी स्टिमुलेटिङ्ग भनेर धेरै औषधीहरू छन् जस्तै गुडुची । तर ती औषधीहरू धेरै खायो भने इम्युनिटी सिष्टम बढि सक्रिय भएर अटो इम्युनको खतरा छ भनेर पनि ती हर्वल कम्पनिहरूको वेभ साइटमा नै लेखिएको छ । तपाईहरू मध्ये धेरै त्यस्तो हर्वमा काम गर्नु हुन्छ वा नजिक बस्नु हुन्छ । यहाँ मैले जोड्न लागेको कुरा हाम्रा साथीहरू अटो इम्युनको रोग लागेर दिवंगत भएको मलाई थाहा छ । तसर्थ यस्तो औषधी खान हुन्छ, तर सावधानीपूर्वक मात्र खानु पर्दछ, कुनै पनि हालतमा बढी खाँदा फाईदा जनक हुदैन ।
२७. प्रकृतिले बनाएको भ्याक्सिनः सुन्दरी ग्वालीहरूको सत्य कथा
सुन्दरी ग्वालीहरूको वारेमा युरोपमा थुप्रै लोक कथाहरू छन । तर ती लोक कथाहरूलाई स्वास्थ्यकर्मीहरूले खासै महत्व दिइएको थिएन । वास्तवमा हुन पनि ग्वाली वा घर घरमा दूध दिने महिलाहरू अरु भन्दा निकै सुन्दर हुन्थे । किनभने उनीहरूलाई बिफर लाग्दैनथे, तर अरु महिलाहरूको अनुहार विफरले कुरुप बनाउथे । कुरुप बनाउने मात्र होइन, उ बेला विफरले संसारमा लाखौ मानीसहरू मर्दथे ।डाक्टर एडवार्ड जेनर बेलायतमा जन्मेका थिए । उ १३ वर्षको उमेरमा उसको परिवार अमेरीकाको बर्कले क्यालिफोर्नियामा सरे । उनले सन् १७७० देखि १७७२ सम्म दुइ वर्ष बेलायतमा औषधी बनाउने तालिम लिएर पुन अमेरिका फर्के । त्यति बेला विफरले संसार भरी निकै सताइरहेका थिए । त्यसैले उनले त्यो समयमा बिकास गरिएको भ्याक्सिनहरू परिक्षण गर्न ग्वाला र गोठालाहरू कहाँ पुगे । बिफरको औषधी त्यो बेला निकै विवादित थिए किनभने औषधी वा खोप लगाएका बच्चाहरू पनि विफर लागि मरेका थिए । तर ग्वाला र गोठालाहरूले उनीहरूलाई बिफरवाट बचाउन भगवानले काउपक्स (ऋयध उयह) पठाएकोले गाई, ग्वाला र गोठालाहरूलाई बचाउदै गरेको र आफुहरूलाई बिफरको औषधी नचाहिने कुरा बताए । यो कुरा सुनेर जेनर झसंङ्ग भए अनि काउपक्स कै औषधी बनाइ परिक्षण गर्ने विचार गरे ।
सन १७९६ मा एकदिन सराहा नाम गरेकी एउटी ग्वाली “ मलाई विफर लाग्यो र त्यसले कुरुप बनायो भने के गर्ने ?” भनी डरले औषधी चाहियो भनेर उनी कहाँ आए । बिफर भनिएको खटिरा राम्ररी हेरे पछि उनले सो विफर नभै काउपक्स भएको पत्ता लगाए र सोहि बेला काउपक्सको खोप बनाई अरुमा प्रयोग गर्ने विचार गरे । उनले सराहाको शरीरमा भएको खटिराका टुक्राहरूलाई सुरक्षित तरिकाले काटेर फ्रिजमा राखे । काउपक्स भएको कारणले केहि दिनमा विना ठूलो समस्या सराहाको रोग निको भयो ।उनले आफ्नो खोपको परिक्षण गर्न आफ्नो घरमा काम गर्ने मालीको आठ वर्षको छोरालाई काउपक्सको खटिरा टाँसेर खोप लगाए । एक दुइ दिन बच्चालाई ज्वरो आयो, तर घाउ निको भयो । अब जेनरले सोहि बच्चाको शरीरमा विफरको खटिरा पनि टाँस्ने र रोग लाग्छ कि लाग्दैन हेर्ने विचार गरे, अनि हेरे पनि । बच्चालाई केहि भएन वा विफर लागेन । अनि उनले यहि तरिकाले धेरै बच्चाहरूलाई विफरको सफल खोप लगाई रोगवाट बचाए । तर यहि खोप संसार भरी पैmलिन थप २०० वर्ष लाग्यो । नेपालमा ३० वा ४० वर्ष अघि सम्म पनि विफरले मानीसहरू मरेका थिए ।
२८. अहिंसावाद वा बुद्घ दर्शनको दृष्टिकोणवाट कोविड कोरोना
जब मान्छेहरूले मासु खान वा सुप खान चमेरोलाई मारे ,चमेरोको शरीरवाट केहि रगत वा बर्ड फ्लुडसंगै अरबौ माइक्रो अर्गानिज्म बाहिर आए । उनीहरू मासु खाने मान्छेसंग आगो थिए, किनभने ती माईक्रो अर्गानिज्मको घर बिगार्ने त उहि मान्छे थिए । त्यसैले ती माइक्रो अर्गानिज्महरूले हिन्दीमा मरता क्या नहि करता भने जस्तै अति उग्र भएर हातमा खुकुरी तरवार लिएर आए । किनभने उसको अधिकांश परिवार जुन चमेरोको शरीर भित्रै थिए, उनीहरू त मर्ने निश्चित भए वा मरी सके । यसरी उग्र भएका त बाहिर आउन पाएका एक समूह मात्र हो । यसरी उग्र भएकाहरूले उक्त मान्छे जसले चमेरो मारे उसलाई कसरी बदला लिने भनेर विचार गरे ।नजिकै फेरी सालक मारिएको थियो । सालकको शरीरवाट बाहिर आएका माइक्रो अर्गानिज्महरूले पनि यहि सोचे । यस्तै सोचे मरता क्या नहिं करता । जब ती दुई समूहको भेट भयो उनीहरूले आफुहरूलाई एकिकरण गरे । अर्थात ती दुई समूह मिले पछि उनीहरू झन बलिया भए । भनेको उनीहरू म्युटेड भएर नयाँ बलियो अस्त्र भएका योद्घाहरू बनाए । अनि भकाभक मान्छेहरू भित्र माइक्रो अर्गानिज्म गए र मान्छेहरूलाई मार्न थाले वा बदला लिन थाले । ती माइक्रो अर्गानिज्महरूको एकिकृत शक्तिसंग मान्छे निरिह भए ।तसर्थ यो ब्याख्याको अर्थ अहिंसाको वा सह अस्तित्वको आधार भन्ने नै हो । वा अरुलाई मारेर यो पृथ्वीमा मान्छेले मात्र राज चलाउछु भन्ने सिद्घान्त वा सोचाई अति गलत हो । किनभने पृथ्वी भनेको सबै प्राणीहरूको घर हो, यहाँ मिलेर बस्न जान्यो भने समस्या कम आउँछ । होइन, आफ्नो इम्पायर बढाउन खोज्यो भने युद्घ अवश्यंभावी छ, अनि युद्घको मैदान भनेको त दुबै पक्ष मारिने वा मर्ने नै हो ।त्यसेलै बुद्घले अहिंसा भनेको पनि यहि हो । तसर्थ सबै प्राणीहरूलाई मान्छेहरूले माया गर्नु पर्दछ । कसैलाई पनि मार्नु गलत हो । किनभने पृथ्वी सबै प्राणीको साझा घर हो । जैविक विविधता संरक्षण भनेको पनि यहि हो वा पृथ्वी सबै प्राणीको साझा घर हो ।नोटः यो स्कुल अफ थट ब्याख्या गर्दा भाईरस भन्न मिलेन किनभने भाईरस भनेको निर्जीव पार्टिकल हो, यो जीवहरूको शरीर भित्र मात्र सक्रिय हुन्छ । तसर्थ माइक्रो अर्गानिज्म भनेर जीवित बाक्टेरीया समेतलाई लिईएको हो ।
२९. सोझा नेपालीहरूलाई तर्साउने काम नगर्नु होस् ।
एउटै जीव÷वा भाईरस उत्तरी धुव देखि न्युयोर्क, युरोप, ट्रोपिक्स, बैङ्कक, चेनाई, काठमाण्डौ वा पृथ्वीको सबै ठाउँमा बराबर किसिमले बलियो हुन्छ भन्नु आज सम्मको प्राकृतिक जीव विज्ञानले सिकाएको वा भनेको कुराको विपरित हो । अहिले संकलन गरिएको विश्वब्यापि तथ्याँङ्कले पनि यो कुरा गलत भनेको छ । तसर्थ कोभिड १९ वा भाईरस ६० डिग्री सेन्टिगे्रड सम्म बलियो हुन्छ भनेर भन्नु पुरापुर अज्ञानता हो ।
३०. एककाईसौ शताब्दिमा जादुको कुरा गर्ने विद्वान शक्तिशाली नेताहरू
मैले अति सानोमा एउटा अंग्रेजी दन्त्यकथा पढेको थिए जस्को नाउँ थियो “पान्डोराको बाकस” । कथाले भन्छ, परमात्मा परमेश्वरले पृथ्वीमा मान्छे सृष्टि गर्दा असिमित रोगका असिमित किरा, फंगस, ब्याक्टेरीया, भाईरस आदि पनि बनाएका थिए । तर शुरुमा सृष्टिकर्ताले ती सबैलाई पृथ्वीमा आउन दिएन, किनभने सृष्टिका शुरुका समयमा मान्छे नगण्य संख्यामा मात्रै थिए । त्यसमाथि पनि त्यो बेला उनीहरू निकै दयालु, ईमान्दार, मेहेनती, परोपकारी आदि राम्रो गुण भएका थिए । त्यसैले परमात्मा परमेश्वरले असिमित रोगका असिमित किरा, फंगस, ब्याक्टेरीया भाईरस आदि बनाए पनि मान्छेहरूलाई ती रोग लाग्ला भनेर एउटा बाकसमा सुरक्षितसंग बन्द गरेर राखेका थिए । तर परमात्मा परमेश्वरले त्यो बाकस नखोल्नु भनेर भनेका थिए । अनि बाकस पनि खोलिएको थिएन ।
तर कालान्तरमा मान्छे धेरै हुदै गए, मै खाउँ, मै लाउ, मै मात्र धनी बनौ, मै मात्र ऐस अराम गरु भन्नेहरू पनि धेरै भए । अर्को शब्दमा भन्ने हो भने स्वार्थी, ठगी, झुठो, बेईमानी, भ्रष्टाचारी, बलात्कारी, राक्षसहरू पनि प्रतिशतमा धेरै नभए पनि संख्यामा धेरै भए । ती मध्ये एकजनालाई परमात्मा परमेश्वरले बाकस नखोल्नु भनेको कारणको विश्लेषण गर्न थाले र अन्तमा विचार गरे कि यो बाकसमा असिमित सुन, चाँडि, ज्वाहरात आदि होला त्यो अरुलाई नदिन बाकस नखोल्नु भनेको होला । यस्तो विचार गरेर नीज महाशयले त्यो बाकस खोले । अनि यसपछि त्यो बाकसमा जम्मा भएका असिमित रोगका असिमित किरा, फंगस, बाक्टेरी, भाईरस आदि यो पृथ्वीमा ब्याप्त भए ।
यहाँ मैले भन्न लागेको कुरा हो यसरी रोगका ब्याक्टेरीया भाईरस आदि जम्मा गरेर वा नयाँ बनाएर बाइलोजिकल बम बनाउने कुरा त दन्त्यकथामा पढेको हो । तर सिद्घान्तमा यो संभव भए पनि ब्यबहारमा यस्तो बाइलोजिकल बम बनाउन असंभव नभए पनि निकै गाह्रो छ । किनभने ब्याक्टेरीया, भाईरस आदिलाई जीवित रहन खाना चाहिन्छ वा मिडियम चाहिन्छ जस्तै टाईफायडको ब्याक्टेरीयालाई ल्याबमा कल्चर गरी पहिचान गर्न मिडियम वा खाना दिएर हुर्काउन पर्दछ । बाइलोजिकल बम बनाउने काम भनेको अमेरिका, रुस, बेलायत, फ्रान्स वा चिनले परमाणु बम बनाएर ल्याबमा पचासौ वर्ष सम्म सुरक्षित रुपमा स्टोर गरेर राखे जस्तै होईन । फंगस, ब्याक्टेरीया, भाईरस आदिलाई हरेक दिन नपरे पनि छोटो समयमा खाना ख्वाई राख्नु पर्दछ । त्यस माथि पनि समयको अन्तरालमा ती फंगस, ब्याक्टेरीया,भाईरस आदिले कस्तो ब्यबहार गर्छन् वा कसरी ब्यवहारमा परिवर्तन गर्छन् अनुमान गर्न निकै गाह्रो छ । तसर्थ बाइलोजिकल बम बनाउन सकिन्छ, तर बाइलोजिकल बमलाई लामो समय सम्म सुरक्षित रुपमा स्टोर गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्न अति गाह्रो छ ।
हिजोको दिनमा पनि सद्दाम हुसेनसंग यस्तो बाइलोजिकल बम छ भन्ने कुरा पश्छिमी संचार माध्यममा निकै वय वय भयो, निकै छापिएको होइन र ? तर के सद्दामसंग बाइलोजिकल बम थिए र ? निश्चय पनि थिएन । तसर्थ आज पनि मलाई अन्तराष्ट्रिय शक्तिशाली देशका शक्तिशाली नेताहरूरूले यो विषयमा मरीहत्ते गरेको देख्दा गजव लाग्छ र वहाँहरू प्रति निकै करुणा पनि जाग्छ । सबै मान्छेहरूको जय होस् !
३१. जाडो देशको कोरोना र गर्मी देशको कोरोना
कोरोना गर्मी देशमा भन्दा जाडो देशमा बलियो भएको उक्त ठाउँको तथ्याँकिय विश्लेषणले देखाएको छ । भाईरसले मान्छेहरूलाई कडा रोग लगाउने र नलगाउने कुरा त्हाँको तापक्रम, हावा, पानी आदिको गुणस्तर भर पर्दछ । यस्तो भाईरस सामान्यतया जाडोमा बढी सक्रिय हुन्छ भने गर्मीमा कम मात्र सक्रिय हुन्छ । रोग लागेको मान्छे मध्ये मृत्यु हुनेहरूको डाटा हेर्दा गर्मी देशहरूमा मृत्यु हुनेहरूको संख्या युरोपमा भन्दा निकै कम देखिन्छ । के यो साँच्चै हो वा होइन हेर्न हामीले विभिन्न किसिमका तथ्यांकिय पारामिटरहरू लगाएर विश्लेषण गर्न वा हेर्न सक्छौं । तल काई स्क्वायर टेष्ट भन्ने एउटा तथ्याँकिय औजार लगाएर पनि हामीले विश्लेषण गर्न सक्दछौ । यस टेष्टबाट कोरोना लागेर मृत हुने मान्छेहरू दक्षिण पुर्वी एसियाका गर्मी देशहरूमा भन्दा युरोपमा निकै बढी भएको तथ्याँकिय विश्लेषणबाट स्पष्ट भएको छ । अर्को शब्दमा भन्ने हो भने कोरोना गर्मी देशमा भन्दा जाडो देशमा निकै बलियो भएको तथ्यांकिय विश्लेषणवाट स्पष्ट भएको छ ।
३२. कोरोना रोग लागेका विक्रम तामाङ्गको भनाई (अनुसूची १)
मलाई अप्रिल ९, २०२० देखि हाछ्यु आएर कोरोनाले संकेत दिएको हो । म पटक पटक गरी ३९ दिन बर्मिङ्गघामको साण्डवेल अस्पतालमा बसें । मलाई कोरोनाले संक्रमण भएको छाति मात्र होईन । मलाई संक्रमणले धेरै दुःख दिएको भाग क्ष्लतभकतष्लभ हो वा न्बकतचय(ष्लतभकतष्लब िष्लाभअतष्यल हो । शुरुमा मलाई हाछ्यु आयो, अलि अलि खोकी पनि आयो, राति माईल्ड फिभर पनि आयो । अप्रिल १२, २०२० को दिन मलाई सास फेर्न गाह्रो भयो, पेटमा बाँधेको जस्तै दुख्यो, केहि छिनमा बोल्न गाह्रो भयो र क्रमैसंग बोल्न नसक्ने पनि भए, अनि अस्पताल गएँ ।
संक्रमण उत्कर्षमा पुगेको बेला मेरो नाकको वास र जिब्रोको स्वाद करिब शुन्य थियो । जरो आएको थियो, बान्ता पनि लाग्दै थियो, बोली थिएन, पेट अति नै दुख्दै थियो । अस्पतालमा गए पछि कोविद टेष्ट पनि पोजिटिभ आयो र उपचार पनि शुरु भयो । मलाई छातिमा भन्दा संक्रमण वा बढी समस्या पेटमा भएकोले भेन्टिलेटरमा बस्न आवश्यक भएन । भेन्टिलेटरमा बस्न आवश्यक मान्छेहरू धेरै भएकोले मलाई पहिलो पटक २३ दिन पछि अस्पतालबाट घर पठाईयो । सुधार निकै विस्तारै मात्र भयो, यसले गर्दा धेरै दिन त मलाई “अब म मर्छु भन्ने नै लाग्यो ।”
कोरोना लागेर बिरामी भएको ४२ दिन पछि मेरो एऋच् ल्भनबतष्खभ आयो । एऋच् ल्भनबतष्खभ आएको करिब १५ दिनमा मेरो नाकको बास र जिब्रोको स्वाद करिब आधा फक्र्यो । म घर गएपछि पनि मलाई धेरै दिन सम्म कष्टसंग पेट दुख्दै थियो । त्भकत ल्भनबतष्खभ आए पनि मलाई पेट र वरपर निकै दुख्दै थियो, त्यसैले पटक पटक बतिचब(कयगलम पनि गरें । म बाँच्छु जस्तो लागेको थिएन । अस्पतालमा मेरो अगाडि पनि धेरै मान्छेहरू फटाफट मर्यो । मलाई बाँच्छु नै भन्ने यकिन थिएन, तर सबैको सदभावले पुन जीवन पाएँ । मलाई त्भकत ल्भनबतष्खभ आएको करिब २ महिना पछि मात्र नाकको वास र जिब्रोको स्वाद पुरा फक्र्यो । मलाई करिब ४ महिना पछि मात्र पुरा निको भएको वा पुरा स्वस्थ्य भएको महशुस गरें । मेरो जस्तो न्बकतचय(ष्लतभकतष्लब िष्लाभअतष्यल भएकाहरूबाट दिशा मार्पmत वा ढलको फोहरबाट पनि कोरोना सर्न सक्छ वा सरेको छ भनेर विश्वका वैज्ञानिकहरूले भनेको छ । यस प्रक्रियावाट पानी दुषित भएको ठाउँमा वा ढलको पानी मिसिएको ठाउँमा पानीवाट पनि सजिलैसंग कोराना अरुलाई सर्छ ।
बिरामी भएको बेला मलाई कुनै पनि खाना खाउ जस्तो लागेन, तैपनि खाना बिना बाँच्न असंभब भएकोले मैले नर्मल खाना खाए । मलाई डाक्टरहरूले बढी पानी खाने र सिटामोलमा नै जोड दिन्थे । मेरो ठूलो गल्ति भनेको यो रोग लागेर हाछ्यु आई सक्दा पनि मैले कोरोना होला भनेर शंका गरिन, टेष्ट गरिन, पार्कमा धुम्ने, ब्यायाम गर्ने गरि रहें । यसले मलाई झन कमजोर बनायो अर्थात ३ दिनमै बोल्न नसक्ने बनायो । यस्तो बेला मैले गर्नु पर्ने आराम रहेछ, ब्यायाम होइन । म भौतिक रुपमा बलियो छुँ भन्ने घमण्डले मलाई बिगार्यो । तर सबै ब्यक्ती फरक हो मलाई भएको जस्तो लक्षण अरुलाई नहुन सक्छ । मलाई काम गरेको औषधीले अरुलाई काम नगर्न सक्छ ।
यो रोग लागेर नराम्ररी थला परेको मान्छेहरू चिन्ता मुक्त र आत्मबल निकै उच्च हुनु पर्दछ । म बाँच्छु भन्ने आत्म विश्वास नभएको भए शायद म बाँच्दिनथे होला ।
३३. गर्मी देश र जाडो देशको विचमा कोरोनामो प्रभाव बारे तथ्याकीय विश्लेषण
सम्पादन सन्तोष श्रेष्ठ