
लायन्स क्लब इन्टरनेसनल अन्तर्गत डिष्ट्रिक ३२५ वि १ नेपाल अन्तर्गतको सबै लायन्स क्लबहरुले ढोरपाटन बाढीपीडितहरुलाई राहत वितरण गर्ने भएको छ ।
उक्त राहत बागलुङमा क्रियाशिल ८ वटा लायन्स क्लवहरुको सक्रियतामा जम्मा गरिएको नगद र सामान बाढीपीडितहरुलाई वितरण गर्न लागेको लायन्स क्लल्स इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका चिफ कन्सुलर एम जे एफ लायन काजिमान गुरुङले नयाँ विश्वलाई बताए । सबै क्लबहरुका अध्यक्षहरुले सो राहत ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गर्नेे कार्याक्रम रहेको डिष्ट्रिक सिनियर ए ओ जि पि एम जे एफ लायन दुर्गा बहादुर कुँवरले बताए ।
राहत सामग्रीहरुमा पि फर्म, सिरक, खाद्यान्न र भाँडाकुँडा रहेको लायन्स क्लब अफ धौलागिरिका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले राहत वितरणलाई एक द्धार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
कार्याक्रम लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष लायन जयराम भारी, लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष लायन दिनेश जिसी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष लायन लक्ष्मी धर्ती श्रेष्ठ, लायन्स क्लब अफ बागलुङका अध्यक्ष लायन केशव प्रसाद सापकोटा, लायन्स क्लब अफ बागलुङ गलकोट सिटीका अध्यक्ष लायन पूर्ण बहादुर काउचा घर्ती ,लायन्स क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष
लायन श्याम प्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङ पंचकोटका अध्यक्ष लायन हरि प्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष लायन राम माया घिमिरे रमा र हालै स्थापना भएको नयाँ क्लब लायन्स क्लब अफ बागलुङ जैमिनीका अध्यक्ष लायन रवि प्रसाद पौडेलको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ वि १ नेपालका रिजन ६५ का रिजन चियर पर्सन एम जे एफ लायन पार्वती
अधिकारी, डिष्ट्रिक एडिस्नल क्याबिनेट सेक्रेटरीे एम जे एफ लायन अनुप रिजाल, डिष्ट्रिक सिनियर ए ओ जि पि एम जे एफ लायन दुर्गा बहादुर कुँवर, डिष्ट्रिक सिनियर ए ओ जि एम जे एफ लायन भरत शर्मा,जोन चियर पर्सन लायन गोपाल पौडेल, जोन चियर पर्सन कविता बस्नेत, लायन्स क्लब अफ धौलागिरि बागलुङका सचिव राजेश भारी, लायन्स क्लब अफ बागलुङ सिटीका पूर्वअध्यक्ष सविता आचार्य, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।