प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि सहमति जनाएलगत्तै प्रदेश सरकारकोे मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर प्रदेश राजधानी बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी अनुसार राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय भएको छ ।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।