२९ बैशाख २०८२, सोमबार

 

सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न शिक्षण संस्थाहरुलाई अनुमति दिएको छ ।  सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गदै सुरक्षासम्बन्धि मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिएका छन् ।

लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह र विषयका परीक्षा सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उनले बताए ।

यस्तै, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागि नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले भनेको छ ।

सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका अध्यक्ष र एक महिलासहित दुईजना सदस्य पदमा नियुक्तिको सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सिफारिस समिति पनि गठन गरेको छ ।

उक्त सिफारिस समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

साथै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung