
रोटरी क्लब अफ बागलुङले आफनो १५ औं स्थापना दिवशको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ । क्लबका अध्यक्ष दयाराम पौडेलले मानव सेवा आश्रमकी संचालिका सुमिरा लामालाई लत्ता कपडा,कम्मल र नगर ५ हजार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
क्लबले सामाजिक उत्तरदायित्व महसुस गरी स्थापना दिवशको उपलक्ष्यमा १० लत्ता कपडा, १० थान कम्मल र ५ हजार रुपैयाँ आश्रमलाई दिएको क्लबका अध्यक्ष पौडेलले नयाँ विश्वलाई जानकारी दिए ।
आश्रममा आश्रय लिएर बसेका दाजु भाई दिदी बैनीहरु र बालबालिकाहरुलाई जिवन यापनमा सहयोग पुगोस भनेर क्लबले स्थापना दिवशको उपलक्ष्यमा सहयोग गरेको क्लबका पूर्वअध्यक्ष भवन राज बरालले नयाँ विश्वलाई भने ।
सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दयाराम पौडेल, कलबका पूर्वअध्यक्ष भवन राज बराल,कोषाध्यक्ष पुनम शर्मा,आश्रमका संचालिका सुमिरा लामाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्याक्रमको संचालन क्लबको सचिव रामकृष्ण शर्माले गरेका थिए । कम्मल क्लबलाई रुगंटा फाउन्डेसनले उपलब्ध गराएको थियो । सन् २००६ मा स्थापित रोटरी क्लब बागलुङमा सामाजिक सेवामा सक्रिय संस्था हो ।