१ जेष्ठ २०८२, बिहीबार

 

माध्यामिक तह पास गरेका युवालाई पाँच लाखसम्मको स्वरोजगार कर्जा

माध्यामिक तह पास गरेका युवाले कर्जा पाउने भएका छन् । असोज ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माध्यमिक तह पास गरेका युवालाई स्वरोजागार कर्जा स्वरुप पाँच लाख सम्म पाउने निर्णय गरेको छ ।

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् ।

माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् ।

सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत कुनैबाट कम्तिमा सात दिनको उद्यम सम्बन्धि तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने व्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत व्याज अनुदान दिनेछ ।

गत बैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपैयाँ बराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई सय २२ जनाले १५ करोड १७ लाख रुपैयाँ कर्जा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung