धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले बागलुङ नगरपालिकाले सम्झौता अवधि कायम हुँदा पनि सहकारीलाई फोहर संकलनमा अवरोध गरेको भन्दै विरोध कार्याक्रम आयोजना गरेको छ । आज शनिबार बागलुङ बजार लोकतान्त्रिक चोकमा सामाजिक दुरी कायम गरी शान्तिपूर्ण विरोध कार्याक्रम गरिएको थियो । विरोध कार्याक्रममा धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका अध्यक्ष सु्धिर श्रेष्ठले लकडाउनको बेला पनि दिन रात नभनि फोहर संकलन गरी रहेको सहकारीलाई नगर प्रमुखले एक्किासि कायम रहेको सम्झौता तोडेर फोहर संकलनमा अवरोध गरेर उपभोक्तालाई समस्यामा पारेको बताए ।हामीले विगत २०७२ वैशाख १ गतेदेखि निरन्तर फोहर उठाएर बागलुङ नगरलाई सफा र सुन्दर नगर बनाएर वातावरण र पर्यावरण संरक्षण लाग्दा पनि नगरपालिकाबाट असहयोग र अवरोध भएकोले बजारको उपभोक्ताहरुसँगै न्यायको लागि सडकमा आएको श्रेष्ठले भने ।बागलुङ उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले भने नगरको सरसफाई र सुन्दरता कायम गर्न लामो. समयदेखि उपभोक्ताको हितमा काम गरी रहेको सहाकारीका युवाहरुलाई. निरुत्साहित गर्ने गरी बागलुङ नगरपालिकाले चालेको अप्रजातान्त्रिक र गैर न्यायिक कदमले बागलुङ बजारको फोहर संकलनमा गम्भिर समस्या उत्पन्न भएको र नगरको जनता र उपभोक्ताहरुलाई नगरप्रमुखको तर्फबाट विश्वासघात भएकोले नगरपालिकाले तरुन्त आफनो गल्ती सच्याएर संवाद र छलफलबाट फोहर संकलन गरी रहेको सहकारीलाई पुन काम गर्न दिनु पर्ने बताए । नगर नेतृत्वले जनता र उपभोक्ताको आवाजको सुनवाई नगरे त्यसको परीणाम भोक्न तयार हुन श्रेष्ठले चेतावनी दिए ।बागलुङ नगरपालिकाका पूर्वउपमेयर तथा धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका संरक्षक पद्यचन्द्र राजभण्डारीले वातावरण संरक्षण र नगरको सुन्दरता र सरसफाइ कायम गर्न लागि रहेका युवाहरु र फोहर व्यवस्थापन सहकारीलाई नगरप्रमुखले सहयोग गरेर सहकार्य र साझेदारीबाट नगरको विकास र सरसफाई नगरपालिकाले ध्यान दिनु पर्ने बेलामा नगरपालिकाको प्रमुखले अनुचित लाभ हानीमा ध्यान केन्द्रीत गरेर नगरको विकास र सरसफाई नगरी जनतालाई र उपभोक्ताहरुलाई धोका दिएको बताए । यस विषयमा नागरिक समाज, राजनीतिक दलहरु र सर्वसाधारण उपभोक्ताहरु सचेत भएर नगरपालिकाको अन्याय र अव्यवस्थाको प्रतिरोध गर्न आव्हान गरे । विसं २०७२ साल फागुन ११ गतेदेखि काम गर्दै आएको सहकारीको २०७८ मसान्तसम्म कयम भएको बेला नियम कानुन मिचेर नगरप्रमुखले उपभोक्ता अधिकार र चुनावको वाचा भुलेको बताए ।सहकारीले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षाको व्यवस्था गरी कार्याक्रम आयोजन गरेका थियो । विरोध कार्याक्रममा सर्वसाधारण, उपभोक्ताहरु, गृहणी,युवा,जेष्ठ नागरिक,होटल,रेष्टुरेन्ट र मिष्ठान व्यवसायी र नागरिक समाजका सदस्यहरुको व्यापक उपस्थिति थियो ।
सहकारीले नगरपालिकासँग गरेको सम्झौता अनुसार फोहोर संकलन गर्ने सम्झौता २०७८ असार मसान्तमा सकिँदै छ ।बागलुङ नगरपालिकाले २०७२ साल ७ महिना १८ गते नीजि क्षेत्र मार्फत नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने कार्य सम्बन्धी सूचना पत्रिकामा प्रकाशन गरेको थियो प्रकाशनपछि नगरपालिकाले सहकारीसँग २०७२ साल ११ महिना १० गते फोहोर व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको साउन ३२ गते बसेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।फोहोर व्यवस्थापन सम्झौताको म्याद बाँकी रहेकै बेला नगरपालिकाले एकतर्फी रूपमा सम्झौता भंग गरेको आरोप लगाउँदै सहकारी क्षतिपूर्तिको माग राखी अदालत पुगेको छ ।सहकारीले असोज ९ गते जिल्ला अदालत बागलुङमा निवेदन दर्ता गराएको हो ।जिल्ला प्रहरी कार्यालय बागलुङले धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीको गाडी नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिकासँग सम्झौता गरी फोहोर संकलन गर्दै आएको सहकारीको गाडी असोज २५ गते विहान ११ बजे श्रीनगर टोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।