१ जेष्ठ २०८२, बिहीबार

 

नविलको त्यो भिडियो जसले हर नेपालीको मन छोयो

कोभिड–१९ को संक्रमण तिब्र बढिरहेका बेला नविल बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बैंकले कोभिड–१९ को महामारीको सम्बन्धमा बनाएको चेतनामुलक भिडियोले नेपालीहरुको मन छोएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् । ‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने ।

भिडियाे हेर्नुहाेस् :

https://www.facebook.com/nabilbanklimited/videos/407009100701676

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung