
बागलुङ नगरपालिकाका मेयरसहित ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा आइतबार गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर ३ का ७३ र ५२ बर्षिय दुई जना पुरुष, वडा नम्बर २ का ३३ बर्षिय एक जना पुरुष र ५७ वर्षीया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
संक्रमितहरु मध्ये बागलुङ नगरपालिका–३ का ५२ वर्षीय नगरप्रमुख जनकराज पौडेल रहेका छन् । शनिबार कोरोना रिपोट पोजेटिभ आएको नगर प्रमुख पौडेल होमआइसोलेसनमा बसेका छन् । उनमा कुनै लक्षण नदेखिएको बताइएको छ ।