
आफ्ना विद्यार्थीलाई जेष्ठ नागरिक प्रति कर्तव्यवोध सिकाउने उदेश्यले बागलुङको कालीगण्डकी आवासिय माध्यमिक बिद्यालयले दुई जना जेष्ठ नागरिक सम्मान गरेको छ ।
हरेका वर्ष फरक फरक विधाका व्यक्तिहरुलाई सम्मान गर्दै आएको विद्यालयले यस पटक शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी जेष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारी र बागलुङ नगरपालिका ८ निवासी जेष्ठ नागरिक लालबहादुर खत्रीलाई सम्मान गरेको हो ।
अहिले बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई ब्यबहारिक ज्ञान दिनको लागि र पुस्तक मात्रै अध्ययन गराएर नपुग्ने प्रमुख कुरा अवगत गराउदै बिद्यालयले सामाजिक कामको शुरूवात गरेको छ ।
विद्यालयका भाइस पिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममावोल्दै शिक्षा बिकास तथा समन्वय ईकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले सामाजिक भावना नभएसम्म विद्यार्थी व्यवहारिक नहुने हँुदा त्यसलाई जागृत गर्न यस्तो खालको कार्यक्रम जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल रेपाल रेडक्रश सोसाईटी बागलुङका सभापति जव्वर वहादुर लामिछाने ,सम्मानित व्यक्तित्व लालचन्द्र राजभण्डारी, धौलागिरि बहुमुखी क्याम्पसका अर्थशास्त्र बिभागका पूर्वप्रमुख प्रमिला राजभण्डारी नेपाल नेत्र ज्योती संघ बागलुङका सभापति भरत पुरी, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्य ,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी
,सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीराज उपाध्यायले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तर दायित्व भुल्दै गएको बेला बिद्यार्थीलाई ब्यबहारिक ज्ञान बुझाउन कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।
विद्यालयका शिक्षक केदारनाथ शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन शिक्षक जीवननाथ शर्माले गर्नु भएको थियो ।