
सूचना तथा प्रसाण विभागले पत्रकारका लागि बागलुङमा दुई दिने पुनर्ताजगी तथा अन्तक्रिया तालिम सम्पन्न गरेको छ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा संचालित तालिममा बागलुङका १२ जना पत्रकार सहभागि थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै सूचना तथा प्रशारण विभागका निर्देशक सुमन बज्राचार्यले विभागले यो वर्ष पहिलो तालिम बागलुङमा सञचालन गरेको बताए ।
उनले यस्ता खालका तालिमले पत्रकारहरुलाई आफ्नो कार्यसम्पादनमा थप मदत गर्ने भन्दै पुराना अनुभवलाई पुनर्ताजगी हुने बताए । पत्रकारले तालिम लिने मात्र होइन लिएका तालिमलाई व्यवहारमा उतानुपर्नेमा जोड दिए ।
तालिमका प्रशिक्षक पाटन क्याम्पसका सह–प्रध्यापक विजय मिश्राले प्रशिक्षार्थीहरु सक्रिय रुपमा सहभागी भएको भन्दै उनले यो तालिम नौलो र पत्रकारले गरिराखेका, सुनिराखेका कुरालाई पनर्ताजगी गराउने बताइन् ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबी तिवारी, नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भिम रसाईली र नेपाल पत्रकार महासंघ म्याग्दीका कोषध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राखेका थिए ।
कार्यक्रम महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो । शिविर बिहिबारसम्म संचालन हुने छ । विशिरबाट बागलुङ, म्यागदी, पर्वत र मुस्ताङका पत्रकारहरु लाभाम्वित भएका छन् ।