
सक्षम पत्रकार सशक्त महासंघ’ भन्ने मुल नारासाथ नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा निशुल्क पत्रकारिता तालिम शुरू भएको छ ।
बुधबारदेखि शुरु भएको पत्रकारिता तालिम आइतबारसम्म चल्ने छ ।
तालिमको शुभारम्भ गदैै जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले मुलकमा राजनीतिक अस्थिरता भइरहेको समयमा राज्यको चौथो अंग पत्रकारको भूमिका अझै सशक्त हुनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी , नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले पत्रकाररिता क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढिरहेको समयमा यस्ता खालको तालिम प्रभावकारी हुने हुँदा तालिमको आयोजना हुनु सुखद् रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सदस्य नारायण रिजालस्वागत मन्तव्य र सचिव राम थापाले सञ्चालन गरेका थिए ।
५ दिनसम्म संचालन हुने निःशुल्क पत्रकारिता तालिममा ४० जना युवाहरूको सहभागिता रहेको छ । ३० जना महिला १० जना पुरूष तालिममा सहभागिता रहेको सचिव थापाले जानकारी दिए ।