१ जेष्ठ २०८२, बिहीबार

 

पत्रकार महासंघ बागलुङको अध्यक्षमा थापा र कँडेलको उम्मेदवारी दर्ता

नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा दुई गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । १७ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनय दर्तामा प्रेस संगठन नेपाल र प्रेस चौतारीको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनबाट नरेश कँडेलले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा तारानाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा नारायणप्रसाद रिजाल र विमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्य अल्पसंख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्णप्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मेदवारी परेको छ ।

२५ चैतमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung