
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको बेला विद्यालयमा मापदण्ड पालना नहुँदा बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट जिल्लामा बालबालिका प्रभावित हुने क्रम बढेको छ । जिल्लामा अहिले जिल्लामा ६८ जना संक्रमित रहेको मध्य बागलुङ नगरपालिका मात्र १ देखी १५ वर्ष उमेर समुहका २३ जना बालवालिकामा कोरोना संक्रमण पुष्टी भएको छ ।संक्रमित बालवालिका अहिले होम आइसोलेशन रहेका छन् ।
नेपालको तेश्रो कोरोना संक्रमितको फेला परेको बागलुङमा पहिलो चरणको महामारीमा ३ जना बालबालिकामा कोरोना देखिएकोमा दोश्रो चरणमा एकै पटक २३ बालवालिकामा संक्रमण देखिएको छ भने अन्य ६ जना मावि तहका विद्यार्थीमा कोरोना पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनु भयो ।
बालबालिकामा फैलिएको संक्रमण समुदायमा संक्रमणको बाहक हुने भएकोले थप जोखिम बढेको स्वास्थ्यकर्मी बताउछन् । नेपालमा नयाँ युके भ्यारियन्टको संक्रमण बालबालिका र युवामा समेत देखिएको छ ।बागलुङमा देखिएको कोरोना नयाँ भ्यारियन्ट हो अथवा पुरानै हो भन्ने एकिन भैनसकेको स्वास्थ्य कार्यलय बागलुङका कोभिड फोकलपर्शन देवप्रकास घिमिरेले वताउनु भयो ।
विश्व स्वास्थ्य संगठन भने अनुसारको लक्षण र सर्ने दर वढी भएकोले नयाँ भ्यारियन्ट भएको आशंका गरिएको छ । धेरै बालवालिकामा रुघा खोकीका लक्षण देखिकोले बागलुङ नगरपालिकाको लहरेपिपल पैयुपाटा र अलाचौरमा विहिवार नुमुना संकलन थालिएको छ ।
खास गरी बिद्यालयमा सुरक्षाका मापदण्ड पालना नभएको र विद्यालय धेरैजना एकै ठाउँमा बस्ने स्थल भएको कारण जिल्लाका विद्यालयमा कोरोनाको महामारीको उच्च जोखिमा देखिएका छन् । बालबालिकामा रोगसित लड्ने प्रतिरक्षा क्षमता पनि कमजोर हुने भएकोले कोरोनाको असर थप पर्न सक्ने बताए ।
बालबालिकामा धेरै संक्रमण हुँदा सिकिस्त हुने संख्या बढ्ने,निमोनिया हुने ,झडापखाला हुने स्वासप्रश्वासमा समस्या हुने र समुदायमा छिटो फैलिने भएकोले यही अवस्थामै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
यसको लागि सरकारले दिएको निर्देशनअनुसार विद्यालयहरूले केही समयका लागि दूरशिक्षा प्रणालीबाट पठनपाठन गराउनुपर्ने देखिएको छ । यदि सरोकारवाला र आमा नागरिकहरुले स्वास्थ्य मापदण्ड पालन नगरेमा कोरोनाले महामारी रुप लिएको खण्डमा जिल्लाका स्वास्थ्य सस्थाले उपचार गर्न कठिन हुने देखिएको छ ।
सरकारले बागलुङ लगाएत १४ जिल्लालाई कोरोनाको अति उच्च जोखिममा राखेपनि यसलाई नियन्त्रण गर्ने निकायहरु गम्भीर नवन्दा नागरिकहरुले स्वास्थ्य समस्याको मारमा पर्ने देखिन्छ ।