३० बैशाख २०८२, मंगलवार

 

कोरोनाबाट बच्न मास्क लगाऔं

कोरोना संक्रमण बढेपछि सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङले जनचेतना मुलक कार्यक्रम गरेको छ । आइतबार बागलुङ बजारमा कोरोनाबाट बच्न मास्क लगाऔं भन्दै सेवा केन्द्रले बजारमा जनचेतना मुलक कार्यक्रम गरेको हो ।

मास्क नलगाइ बजार हिँड्नेलाई कोरोना रोगका विषयमा जानकारी दिँदै मास्क वितरण गरेको सेवा केन्द्र बागलुङकी अध्यक्ष लिलादेवी खड्काले जानकारी दिइन् ।

उनका अनुसार कोरोना संक्रमणबाट बच्ने उपाय र लक्षणबारे जानकारी दिएको थियो । सेवा केन्द्रका सदस्य एवम् पदाधिकारीहरुले कोरोना संक्रमणबारे चेतनामुलक प्ले कार्डसहित बजारमा मास्क वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung