
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशानलय पोखरामा गरिएको पीसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका सूचनाअधिकारी युक्त सुवेदीले जानकारी दिए ।
उनका अनुसार अहिले संक्रमित अधिकृत पोखरा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही थप कर्मचारी कन्ट्रयाक्ट ट्रेसिङमा परेको भन्दै बागलुङ नगरपालिका कार्यालय बन्द भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बिज्ञप्ती प्रकाशित गरेर बिहिबार र शुक्रबार बन्द रहने बताएका हुन् । आइतबारदेखि कार्यालय खुल्ने नखुल्ने विषयमा भने त्यसपछिको परिस्थितिले निर्धारण गर्ने बताइएको छ ।
यस्तै गलकोट नगरपालिकाका मेयर भरत गैरे शर्मालाई पनि कोरोना संक्रमण भएको छ । बुधबार आएको रिपोर्ट अनुसार गैरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई धौलागिरि अस्पतालमा ल्याउने तयारी भएको छ ।