२ जेष्ठ २०८२, शुक्रबार

 

बंगलादेशबाट भित्रियो ३ हजार भाइल रेम्डिसिभर

कोभिडका बिरामीका लागि बंगलादेशबाट तीन हजार भाइल रेम्डिसिभिर औषधि नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागले मंगलबार आइपुगेको उक्त औषधि देशभरका कोभिड अस्पतालमा आवश्यकताका आधारमा वितरण गरिने जनाएको छ ।

‘आज तीन हजार भाइल आएको हो,’ विभागका एक कर्मचारीले भने, ‘भोलि ४ हजार भाइल आउँछ । आएपछि वितरण गर्दै जान्छौँ ।’ एक लाख भाइल ल्याउने योजना भए पनि एकैपटक ल्याउन नसकिएको उनले बताए । ‘करिब १ लाख भाइल ल्याउने हो । एकै पटक ल्याउन सकिएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung