२९ बैशाख २०८२, सोमबार

 

ढोरपाटनमा २५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

ढोरपाटन नगरपालिकामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ सहीखोलाकी २२ वर्षीया महिलाको गएराति मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण स्वास्थ्य केन्द्रमा आएकी ति महिलाको ३० वैशाखमा स्वाब लिइएको थियो । स्वास्थ्य केन्द्रमा उपचार नहुने अवस्थामा आएकी ति महिलालाई तत्काल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचाररत महिलाको राति मृत्यु भएको हो ।

यस्तै वैशाख ३० गते ४३ जनाको लिएको स्वाब परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै होम आइसोलेशनमा बसेका छन् भने १ जना पुरुषलाई श्वासप्रश्वासमा समस्या रहेको भन्दै स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना गरिएको स्वास्थ्य संयोजक घनश्याम चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung