२ जेष्ठ २०८२, शुक्रबार

 

ताराखोलामा कर्मचारीसहित थप १४ जनामा कोरोना पुष्टि

ताराखोला गाउँपालिकामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । धौलागिरि अस्पताल बागलुङमा गरिएको पीसीआर परिक्षणमा ताराखोलाका १४ जनामा कोरोना पुष्टि भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार ताराखोला गाउँपालिकामा कार्यरत २ जना कर्मचारीसहित वाड नम्बर १ का १२, ,जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

गाउँपालिकाले २७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung