
बागलुङ । २०७६ सालमा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधीमैत्री पुस्तकालय सञ्चालनमा आएको छ । तीन वर्षसम्म अलपत्र जस्तै बनेको पुस्तकालय गत वर्षबाट पुन निर्माण थालिएको थियो ।
तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र अवस्थामा रहेको पुस्तकालय भवन अहिले पुरा भएर सेवा दिन थालिएको छ । बजेट अभवामा अलपत्र बनेको पुस्तकालय तीन वर्षपछि निर्माण थालेर गर्न थालिएको हो ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुविधा सम्पन्न प्रविधिमैत्री पुस्तकालय भवन निर्माणका लागि २०७६ साल फागुन २९ गते शिलान्यास गरिएको थियो ।
शिलान्यासको दुई वर्षमै ढलान सकिएको पुस्तकालय त्यसपछि बजेट अभावका कारण अलपत्र बनेको थियो । पुस्तकालय भवनलाई सम्पन्न भई सेवा दिन थालिएको धौलागिरि बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा सुर्दशन सिलवालले बताउनुभयो ।
प्रविधिमैत्री पुस्तकालय निर्माण गरी विद्यार्थीलाई पठनप्रति आकर्षण गर्न सो पुस्तकालय निर्माण थालिएको सिलवाले जानकारी दिनुभयो ।
तत्कालिन संघीय सांसद डा. सूर्य पाठकको सांसद विकास कोष अन्तर्गत रु ७० लाख लागतमा ठडिएको भवन तीन वर्ष यता बजेट अभावमा काम अगाढी बढ्न नसकेको र अहिले त्रिभुवन विश्व विद्यालयकै बजेटले पुस्तकालय भवन सम्पन्न भएको हो ।
सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचना र त्रिभुवन विश्व विद्यालयलको रु एक करोडमा सम्पन्न भएर पुस्तकालय सेवा दिन थालिएको छ ।
प्रविधिमैत्री पुस्तकालयमा २५ थान कम्प्युटर जडान गरेर सफ्टवयर मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ ।