१५ बैशाख २०८२, सोमबार

 

महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ देउराली प्राविद्वारा सम्मानित

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ देउराली प्राविद्वारा सम्मानित भएकी छिन् ।

बागलुङ नगरपालिका – ४, ओडारचौरस्थित देउराली प्राविको मुल गेट निर्माण गर्न सहयोग गरे वापत महिला समूहकी अध्यक्ष श्रेष्ठ सम्मानित भएकी हुन् । शैक्षिक क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै श्रेष्ठलाई समाजसेवी माधव शर्माले सम्मान पत्रले सम्मान गरेको हो ।

महिला समूहले देउराली प्राविमा मुल गेट एक लाख रुपैयाँको लागतमा निर्माण गरेको प्रधानाध्यापक लक्ष्मी आचार्यले बताइन् । महिला समूहले नियमित रुपमा विद्यालयलाई पोशाक र शैक्षिक सामग्री पनि सहयोग गर्दैै आएको देउराली प्राविकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णु कुमारी शर्माले जानकारी दिइन् ।

देउराली प्राविको संस्थागत विकास र शैक्षिक सुधारमा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहले नियमित सहयोग गर्ने अध्यक्ष सोनी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहले महिलाको नेतृत्व विकासका साथै समाजिक, मानविय, शैक्षिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung