
बागलुङ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । सहमति भएपछि भोलिदेखि शिक्षकको सडक आन्दोलन फिर्ता हुने विद्यार्थी भर्ना र विद्यालयको पठन पाठन सुरु हुने भएको छ ।
आज साँझ विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच भएको सहमति भएको हो।सरकार र शिक्षक महासंघबीच सहमति मन्त्रिपरिषद्ले पारित गरेको छ । शिक्षकको माग पूरा गर्न सरकारलाई थप ८ अर्ब आर्थिक दायित्व बढ्ने भएको छ ।
साथै शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा पनि निजामती अस्पातलबाट छुट पाउने भएका छन् । शिक्षक आन्दोलनको मुख्य मागको रुपमा रहेको विद्यालय शिक्षा विधेयक आगामी असार १५ गतेभित्रपारित गर्ने सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।