५ जेष्ठ २०८१, शनिबार

 

कोरोनाका बिरामी निजी मेडिकलतिर, बागलुङ नगरपालिका मूकदर्शक

बागलुङमा कोरोनाको लक्षण देखिएकाहरू सीधै अस्पताल नगई पहिले निजी मेडिकलहरूमा धाउँदा संक्रमणको जोखिम बढेको पाइएको छ । हालै कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका–३ की महिला पनि पहिले वडा नं २ बालमन्दिर रोडमा सञ्चालित एक औषधि पसलमा गएको खुलेको छ ।

खोकी र ज्वरो देखिएपछि उक्त मेडिकल गएकी उनी त्यहाँको औषधिले ठिक नभएपछि मात्र धौलागिरि अस्पताल पुगेकी हुन् । अस्पतालले कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको बागलुङ नगरपालिका सिनियर अहेव डिल्ली आचार्यले नयाँ विश्वलाई बताए ।

बालमन्दिर रोडका ती औषधि पसलेले महिला खोकी लाग्यो भनेर आएपछि औषधि दिएर पठाएको जनाए । महिलालाई कोरोना देखिएपछि ती पसले पनि स्वाब परीक्षण गराई ५ दिन होम क्वारेन्टिनमा बसेका थिए । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको शंका लागे धौलागिरि अस्पतालबाहेक अन्त नजान धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले स्थानीयलाई आग्रह गरेका छन् । ‘हामीमा अझै जनचेतनाको कमी पनि छ,’ उनले भने, ‘यति बेला औषधि पसल, पोलिक्लिनिक र निजी अस्पतालले कोरोनाको लक्षण देखिएकाको उपचार गर्न हुँदैन ।’

बागलुङमा चैत पहिलो सातादेखि कोरोना संक्रमित देखिएको र अहिले समुदाय स्तरमा फैलिँदा पनि नगरपालिकाले गम्भीर पहल गरेको छैन । बागलुङ बजारका अधिकांश औषधि व्यवसायीले स्वास्थ्य मापदण्ड पूरा नगर्दा पनि संक्रमणको खतरा बढेको छ । नगरपालिकाले औषधी पसल,  पोलिक्लिनिक,  निजी अस्पतालकुनै अनुगमन भएको छैन ।

वानपा १ मालढुंगामा राखेको हेल्थ डेस्क र सुरक्षा निगरानी प्रभावकारी नहुँदा मालबाहक गाडिहरुमा लुृकिछिपि भारत र तराईबाट मजदुरहरु आएका छन् । गत साउन महिनामा बिना स्वास्थ्य परीक्षण महोत्तरीबाट १८ जना मजदुर आएकोमा १४ जनालाई कोरोना पुष्टि भएको थिया । यहि घटनाले फेरि बागलुङमा समुदायमा कोरानो फैलिएको आशंका गरिएको छ ।

साउनको ३१ गते र ३२ गते बानपा २ र ३ का दुई व्यवसायी महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनीहरुको सम्पर्कमा रहेका ५२  जना होम क्वारेन्टिनमा छन् ।

नगरपालिकाले मालढुंगाबाट अप्रत्यासित रुपमा विचमा हेल्थ डेस्क हटाएका थियो भने नगर नेतृत्वले नगर प्रहरीको पनि प्रभावकारी परिचालन गरेका छैनन ।

कोराना समुृदाय स्तरमा फैलि रहेको बेला वडा,नगरपालिका,प्रहरी प्रशासनविच समन्वय नहुँदा कोरोनाको परीक्षण, रोकथाम र नियन्त्रणमा समस्या आएको छ । आफू खुशि निर्णय गर्ने र लागु पनि राम्रोसँग नहुँदा जनतामा निरासा र आक्रोश बढेको नागरिक समाजका सदस्य अधिवक्ता राम शर्माले बताए ।

बागलुङ बजारमा २७ वटा औषधि पसल, एउटा पोलिक्लिनिक, दुई निजी अस्पताल छन् । जिल्लाभरि ४८ वटा औषधि पसल छन् । कोरोना संक्रमितको उपचारका लागि जिल्लामा धौलागिरि अस्पताल, गलकोट नगरपालिका र बुर्तिबाङमा प्री–आइसोलेसन निर्माण गरिएको छ ।

बागलुङ बजारमा २७ वटा औषधि पसल, एउटा पोलिक्लिनिक, दुई निजी अस्पताल छन् । जिल्लाभरि ४८ वटा औषधि पसल छन् । बागलुङमा हालसम्म २ सय ८१ जनामा कोरोना संक्रमण भएकोमा २ सय ६० जना निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाले एक जनाको मृत्यु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्