३ जेष्ठ २०८१, बिहीबार

 

व्यवसायीक महिलाहरुसँग महिला हित सहकारीको अन्तरक्रिया

महिला हित वचत तथा ऋण सहकारीले व्यवसायमा क्रियाशिल महिलाहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । ६४ औं राष्टिय सहकारी दिवशको अवसरमा आयोजित कार्याक्रममा प्रमुख अथिति वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले महिलाहरुलाई आर्थिक र व्यवसायीक क्षेत्रमा सफल बनाउन सहकारी मार्फत सबै लाग्नु पर्ने विचार व्यक्त गरेकी थिइन् ।

महिला हित सहकारीले महिलाहरुलाई उद्यमी बनाउन र व्यवसायी बनाएर उनीहरुको आर्थिक जिवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काले बताइन् ।

सानादेखि ठूला महिला व्यवसायीहरुलाई अझ उद्योग र व्यापारमा प्रोत्साहित गर्न सहकारीले दिगो र योजनावद्ध कार्याक्रम ल्याउन लागेको अध्यक्ष खड्काले बताइन् ।

कार्याक्रममा महिला हित सहकारीमा आवद्ध ६२ जना महिला व्यवसायीहरुले भाग लिएका थिए ।सहकारीबाट २० हजारदेखि २ लाखसम्म विना धितो कर्जा लगेर फर्निचर,पशुपालन,किनारा,कस्मेटिक,टेलर्स,फेन्सी र जुत्ता उद्योग गर्ने महिला उद्यमीहरुले आफनो व्यवसाय र महिला हित सहकारीबाट प्राप्त सेवा सुविधाको बारेमा विचार व्यक्त गरेका थिए ।

कार्याक्रममा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी,महिला हित संरक्षण समूहकी अध्यक्ष सन्तु खड्काले मन्तव्य राखेका थिए ।कार्याक्रमको संचालन सहकारीकी सचिव सावित्री केसीले गरेकी थिइन् ।

महिला हित सहकारीमा २ सय ६ जना व्यवसायी महिलाहरु आवद्ध छन् ।२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

२५ जना महिलाको २५ सय रुपैयाँ सेयर पुँजीबाट शुरु भएको संस्थामा हाल १ हजार १ सय ३ सेयर सदस्य रहेका छन् । सहकारीको २ करोड ५७ लाख ९४ हजार ५ सय रुपैयाँ सेयर पुँजी र १० करोड २८ लाख ९४ हजार ३ सय ३७ रुपैयाँ म बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्