२ जेष्ठ २०८१, बुधबार

 

माइतीघरबाट सहकारी पीडितका अन्दोलन, फरार संचालकहरुलाई पक्राउ गरेर बचत फिर्ता गराउन माग

बागलुङ । देशको तीन खम्बे अर्थ नीतिको रूपमा रहेको सहकारीहरु संचालकहरुले अरबौं रकम हिनामिना गरेर धरापमा परेपछि देशका हजारौं बचतकर्ता बिचल्लीमा परेपछि सहकारी पीडितहरू राजधानीमा आन्दोलनमा छन्।

सहकारी संघसंस्थाले बचतकर्ताको अरबौंं रकम अपचलन गरेको भन्दै सहकारी पीडित संघर्ष समिति महासंघ नेपालको आयोजनामा माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म विभिन्न नारा जुलुस गर्दै प्रर्दशन गरेका थिए।

सहकारी पीडितहरूले सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना गरि बेपत्ता भएको भन्दै उनीहरुलाई पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ताको मागसहित पीडितहरूले माइतीघर मण्डलमा बसेर आन्दोलन गरेका हुन् ।
सरकारले सहकारी पीडित बचतकर्ताहरुको माग बारे अहिलेसम्म केही सम्बोधन नगरेको भन्दै माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले हरियो बाँसको घारा बोकेर आफ्नो माग पूरा गर भन्ने नारा लगाउदै बानेश्वर चोकको निषेधित क्षेत्रसम्म पुगेर कार्यक्रम गरेको थियो ।

कार्यक्रम सहकारी पीडित महासंघ संघर्ष समितिका अध्यक्ष सुनीता राजभण्डारी ,सामाजिक अभियन्ता पुन्य गौतम ,पत्रकार पुष्कर केसी लगायतका वक्ताहरूले सहकारी पीडितहरू सडक आन्दोलनमा छन् अहिलेसम्म माग बारे केही कुरा सम्बोधन नगरेको भन्दै बिरोध गरेका थिए ।
यसै विच इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली हजारौं बचतकर्ताको अरर्बौ रूपैयाँ अवचलन गरेर रातारात फरार भएपछि पीडित सहकारीका सदस्यहरू न्याय माग्न काठमाडौ आएर आन्दोलनमा सहभागी भएका छन् । काठमाडौ माइतीघर मण्डला्देखि बानेश्वरसम्म सहकारी पीडितहरूले बाँसको घारा बोकेर महिलाहरूले प्रदर्शन गरेर सरकारलाई दबाब सृजना गरेका छन् ।

देशको तीन खम्बे अर्थतन्त्रको रूपमा रहेको सहकारी संस्था एकपछि अर्को धरासायी बन्दै गएको मौका छोपि बागलुङ र पोखरामा एक दशक देखि संचालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली रातारात फरार भएपछि सहकारीमा बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

सहकारीका संचालक दुई महिनादेखि बेपत्ता भए पछि आफ्नो बचत रकम फिर्ता गराउन बागलुङ पोखरादेखि काठमाडौसम्म आएर माइतीघर देखि बानेश्वरसम्म आन्दोलन गर्न आएको पीडित बचतकर्ता श्याम बहादुर कार्कीले बताए ।
इमेज पीडित भएर काठमाडौसम्म आन्दोलनमा आएको आफूहरूले दुख सुख गरेर जम्मा गरेको बचत आफ्नो माग सरकारले सुन्न पर्या अध्यक्ष देवकुमार नेपाली लुकेर भाग्न भएन बाहिर आउनु पर्छ पीडित सहकारी सदस्य बबिता शर्माले बताए ।

दुई हप्तादेखि माइतीघर मण्डलामा धर्ना बसिरहेको भएपनि अहिलेसम्म सरकारले आफ्नो माग नसुनेको बागलुङमा व्यापार गर्ने राम भरोस साहले बताए ।

राजधानीमा दुई हप्तादेखि ३ दर्जन सहकारी पीडितहरू संस्थाहरूले संघर्ष समिति महासंघ बनाएर माइतीघर मण्डलामा बसेर विभिन्न चरणको आन्दोलन गरेर सरकारलाई दवाब दिने काम जारी राखेपनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।

सहकारी संस्था दर्ता गर्ने सहकारी ठिक ढंगले संचालन भएको छ कि छैन भनेर अनुगमन गर्ने नियमन गर्ने निकायका प्रमुख अध्यक्ष भएको सहकारी संस्थाले रातारात हजारौं बचत कर्ताको अरवौ रूपैयाँ अवचलन गरेर भागेपछि यसले सहकारी संस्था सर्वसाधारण जनतालाई झुठो प्रलोभन देखाएर लुट्ने संस्था हो भन्ने कुरा प्रमाणित बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्