ललितपुर उपमहानगरपालिका–२१ छावहाल स्थित सुनिल महर्जनको घरमा अवैध रुपमा जुवातास खेल्ने ४ जनालाई प्रहरीले मंगलबार नगद १ लाख १२ हजार ५ सय ५ रुपैया, तास, कौडा , पोटको गोटी , माजिङ १४४ हरियो सेतो, १४२ निलो सेतो पचिसे १६ वटा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१९ अग्निसाल बस्ने ३५ बर्षीय राजु महर्जन, नागबहाल बस्ने ४८ बर्षीय नरेश शाक्य, ५० बर्षीय राजेश्वर श्रेष्ठ र बडिखेल–९ बस्ने ३० बर्षीय बिनोद पहरी रहेका छन् ।






























































































































































































