काठमाडाैं । बुधबार अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा सूचना टाँस्न हिडेका सर्वोच्च अदालतका कर्मचारी सम्पर्कविहीन भएका छन्। बुधबार सूचना टाँस्न नपाएपछि सर्वोच्च अदालतको टोली बिहीबार दोस्रो पटक लोकमानको घरमा सूचना टाँस्ने तयारीमा थियो। पत्र बोकेका सर्वोच्चका तामेलदार शम्भु खत्री आफैं सम्पर्कमा नआएपछि अहिलेसम्म टोली हिँड्न सकेको छैन।
उनले अन्तिमपटक बिहीबार सवा १० बजे फोन गरेर आफू उक्त सूचना टाँस्न अख्तियार नै पुगेको बताएका थिए। उनी लोकमानको घरमा अघिल्लो दिनमा सूचना टाँस्न नपाएपछि कार्यालयमै गएका थिए। त्यसयता उनको मोबाइल स्विचअफ छ।























































































































































































