२ जेष्ठ २०८२, शुक्रबार

 

बागलुङ जिल्लामा १ लाख ५६ हजार ८ सय २ ले मतदान गर्दै

बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्ला ४ नगरपालिका र ६ वटा गाउँपालिकाको कुल मतदाता १ लाख ५६ हजार ८ सय २ जनाले यसपटकको निर्वाचनमा मतदान गर्दै छन् ।जिल्ला निर्वाचन कार्यालय बागलुङले पत्रकार सम्मेलन गरि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बिकाश चन्द्र पौडेलले बताए ।

बागलुङ नगरपालिका १४ बडा ३४ हजार ५ सय २८, जैमुनि नगरपालिका १० वडा मा २१ हजार २ सय ६७ ,गलकोट नगरपालिकाको ११ वडामा २० हजार १ सय १९ र ढोरपाटन नगरपालिका ९ वडा मा ११ हजार ९ सय ९० मतदाता रहेका छन् ।
यसैगरि काठेखोला गाउँपालिकाको ८ वटा वडामा १७ bikashहजार ६ सय ७ , बरेङ गाउँपालिकाको ५ वटा वडामा ८ हजार ७ सय १४, तारा गाउँपालिकाको ५ वटा वडामा ७ हजार २ सय २५ ,बडिगाड गाउँपालिकाको १० वटा वडामा १७ हजार २ सय २७, तमानखोला गाउँपालिकाको ६ वटा वडामा ५ हजार ९ सय २८, निसिखोला गाउँपालिकाको ७ वटा वडामा १२ हजार १ सय ९७ मतदाताले आफ्नो जन प्रतिनिधि छान्न मतदान गर्न पाउने भएका छन् । जिल्लामा १० स्थानीय तहमा १०३ मतदान स्थलहरु तोकिएको छ । निर्वाचनमा मतदाता शिक्षा सहजकर्ता १ सय ९२ जनालाई छनोट गरि कार्यक्षेत्रमा पठाइसकिएको निर्वाचन अधिकृत शर्माले बताए । त्यस्तैगरी निर्वाचनमा सुरक्षाका निमित्त ६ सय ५१ म्यादी प्रहरी समेत छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung