२ जेष्ठ २०८२, शुक्रबार

 

बागलुङमा पहिलो पटक शुन्य प्रतिशत किस्तावन्दीमा इलेक्ट्रोनिक्स सामानहरु

जिल्लामै पहिलो पटक इलेक्टा«ेनिक्स सामानहरु शुन्य प्रतिशतमा किस्तावन्दीमा उपलव्ध हुने भएका छन । बागलुङका रोशन कुवरले पहिलो पटक ३० लाखको लागतमा मोबाइल मार्ट एण्ड इलेक्ट्रोनिक्स स्थापना गरि उक्त सुविधा उपलव्ध गराउन लागेका हुन । सोमबारदेखि सुरु भएको पसलमा हङकङको नम्वर एक कम्पनी स्काइवोर्य,सामसुङ ब्राण्डका र डाइकम ब्राण्डका जस्मा सामसुङ,एच टि सी,लेनेभो,एम आई,जीवोनी र जेड टिइ लगायतका मोवाइलहरु उपलव्ध हुने छन ।

1500

1500

युरोपको पुरानो तथा नम्वर एक कम्पनी इलोक्ट्रोलसका इलेक्ट्रोनिक्स सामाहरु तथा घरायसी सामानहरु वासिङ मेसिन,माइक्रो ओभन,टिभी,फ्रिज,भ्याकुम क्लिनर उपलव्ध रहेको सञ्चालक कुवंरले बताए । उक्त इलेक्ट्रोनिक्स पसलको उपभोक्ता मञ्चका अध्यक्ष सैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung