४ श्रावण २०८३, सोमबार

 

चैत्र १६ गतेदेखि महासंघको भवन निर्माण अभियान सुरु हुने

 

खगेन्द्र विश्वकर्मा
बागलुङ,चैत्र १२
नेपाल पत्रकार महासंघ बागलुङको कार्यसमिति र भवन निर्माण समितिको बैठकले चैत्र १६ गते पत्रकार महासंघको भवन निर्माणको लागि अभियान सुरु गर्ने भएको छ ।
उक्त बैठकले पत्रकार महासंघको साझाघर हामी सबैको रहर भन्ने नारा तय गरेको छ । उक्त अभियानलाई सफल पार्नका गर्नको लागी अर्थ संकलन उपसमितिहरु गठन गरेको छ ।
नवबर्ष २०७४ सालको पावन अवसरमा पत्रकार महासंघ बागलुङले जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रको तस्विर राखि भित्तेपात्रो प्रकाशन गर्ने कामलाई तिव्रता दिएको छ ।
विभिन्न संस्थाहरुबाट विज्ञापन संकलन गरि भवन निमार्णलाई पनि रकम बचत गर्ने गरी कार्य अगाडी बढाईएको पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बताए । भवन निर्माणको कार्यलाइ व्यवस्थित गर्न देश विदेशमा रहेका पत्रकार महासंघका सदस्यहरु सँग सम्पर्क भइरहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा अविरले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung