४ श्रावण २०८३, सोमबार

 

कालिका भगवती मन्दिरको गुरु योजनाबारे अन्तरक्रिया सम्पन्न

बागलुङ । चैत १३

नेपालकै प्रशिद्द कालिका भगवती मन्दिर बागलुङ लाई राम्रो र ब्यबस्थित गर्न गुठीले गुरु योजना बारे अन्तरक्रिया सम्पन्न भएको छ ।
धार्मिक पर्यटन भित्र्याउने बागलुङ लाई पर्यटन क्षेत्र बनाउने उदेश्य लाई मध्य नजर गरि कालिका भगवती मन्दिर ब्यबस्थापन समितिले जिल्लामा रहेका सरोकारवाला निकाय बिच बृहद गुरु योजना ३६ करोड ४० लाखको अनुमानित बजेट पेश गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्र कुबिर खापुङ स्थानीय बिकाश अधिकारी रामप्रसाद आचार्य बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुबास कुमार लामिछाने कालिका भगवती गुठीका अध्यक्ष राजु खड्का कालिका भगवती गुठीका सदस्य राजेशचन्द्र राजभण्डारी अधिबक्ता राम शर्मा पत्रकार प्रकाश बराल लगायतका बक्ताहरूले गुठीले नेपालको प्रशिद्द कालिका भगवती मन्दिर लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न अहिले प्रस्तुत भएको गुरु योजना बारे सबै सरोकारवालाको सल्लाह सुझाव लिएर अगाडि बढ्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung