२८ बैशाख २०८१, शुक्रबार

 

विद्युतीय पुस्तकालय प्रभावकारी बन्दै

आधुनिक प्रविधि सुहाउदो पुस्तकालयको विकास गर्न सकेमा नया पुस्तालाई अध्ययनमा थप टेवा पुग्ने सरोकारवाले बताएका छन । बिद्यामन्दिर पुस्तकालय बागलुङद्धारा संचालित बिद्युत्तीय पुस्तकालय स्थापनाको एक बर्ष पुगेको अवसरमा आयोजित अन्तरक्र्रिया कार्याक्रममा सहभागीले बिश्व प्रविधि नजिक भईरहेको अवस्थामा युग सुहाउदो अध्ययन गर्न आम नागरिकको अधिकार भएको उनिहरुको भनाइ छ ।

1000

1000

उनिहरुले बिद्यामन्दिर पुस्तकालयले संचालन गरेको बिद्युत्तीय पुस्तकालय प्रभावकारी बन्दै गएको बताएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले प्रविधिको उपयोग गरि बिद्यामन्दिर पुस्तकालयले संचालन गरेको ईलाइब्रेरी प्रभावकारी समय सापेक्ष अनुसार भएको बताउनुभएको छ । उहाले पुस्तकालय पुरेर अध्ययन गर्ने बानिको विकास हरेक व्यक्तिले गर्दै जानुपर्नै बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्रबहादुर खापुङ,जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र,बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदी,नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य हरिनारायण गौतम,साहित्यकार प्रेम छोटा,समाजसेवी देवबहादुर श्रेष्ठ,उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटीका उपसभापति राजेन्द्र आचार्य,नेपाल पत्रकार महासघंका अध्यक्ष दिल श्रीसले बोल्नुभएको थियो ।

इन्टरनेट नभएको समयमा पनि सहज रुपमा पुस्तक अध्ययन गर्न सक्ने गरि विद्युतीय पुस्तकालयको एक बर्ष अगाडि शुभारम्भ गरिएको थियो । पाठकले विद्युतिय पुस्तकालयको माग गरेपछि संचालन ल्याइएको अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो । विद्यामन्दिर पुस्तकालय बागलुङ र लाइबे्ररी फाउडेशन काठमाडौँको प्राविधिक तथा आर्थिक सहयोगमा ई–लाइब्रेरी संचालन गरिएको उहाले बताउनुभयो । पुस्तकालयका १० हजार र अन्य बिद्याका गरि एक लाख वटा बिभिन्न बिषयका पुस्तक अफ लाइन र इन्टरनेटबाट अध्ययन गर्न सकिने छ ।

विद्यामन्दिर पुस्तकालय २००३ साल देखी हाल सम्म निरन्तर रुपमा संचालन हुदै आएको छ । ई–लाइब्रेरी संचालन पछि पुस्तकालयमा पाठकको संख्या वृद्धि भएको छ । सो अवसरमा पुस्तकाध्यक्ष मन्जु केसीले पुस्तकालको गतिविधिबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा बिद्यामन्दिर पुस्तकाललाई बिभिन्न क्षेत्रबाट योगदान पु¥याउनुभएको भन्दै पत्रकार प्रदिप पन्त लगाएतलाई सम्मान गरिएको थियो ।

बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव राम थापाको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्